Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्राचीन तिलौराकोटमा उत्खनन सुरु

Author Avatar साझा न्यूज 21st January 2026 , 1:11 PM
प्राचीन तिलौराकोटमा उत्खनन सुरु

बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा उत्खनन सुरु गरिएको छ । दरबारपरिसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न थप प्रमाण जुटाउनका लागि उत्खनन गर्न लागिएको हो ।

सन् २०१४ देखि बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा तिलौराकोटवरिपरि उत्खनन गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “‘तिलौराकोटलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्कोको विश्वसम्पदा केन्द्रमा प्रस्तावहरू बुझाए पनि केही कारणले सूचीकृत हुन सकेको छैन ।” आगामी दिनमा विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गर्ने उहाँको भनाइ छ ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तिलौराकोटका विभिन्न क्षेत्रमा विगतदेखि उत्खनन भएका संरचना प्रकाशमा आइसकेको बताउनुभयो । विश्वसम्पदामा सम्भावित १५ वटा क्षेत्रमध्ये तिलौराकोट पनि रहेको उहाँको भनाइ छ । महानिर्देशक प्रधानाङ्गले विश्वसम्पदा केन्द्रमा सूचीकृत गर्न थप प्रमाण आवश्यक परेका कारण पुनः उत्खनन थालिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले तिलौराकोटलाई अझै संरक्षण र संवर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले गुरुयोजना अनुसार जग्गा अधिग्रहणलगायतका कार्य जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्धले २९ वर्ष बिताएको ठाउँलाई जुन किसिमले विकास गर्नुपर्ने हो, त्यो भने हालसम्म हुन सकेको छैन ।” तिलौराकोटमा करिब ५० बिघा क्षेत्रफल विभागले अधिग्रहण गरिसकेको छ । बिहीबारदेखि मुख्य दरबारपरिसरको उत्खनन सुरु गरिने भएको छ । युनेस्कोले सन् १९९६ मा ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज