Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

व्यक्तिगत तथ्यांक संकलन गर्ने एक जना नक्कली अधिकृत पक्राउ

Author Avatar साझा न्यूज 23rd January 2026 , 5:20 PM
व्यक्तिगत तथ्यांक संकलन गर्ने एक जना नक्कली अधिकृत पक्राउ

काठमाडौं । आफूलाई शाखा अधिकृत भन्दै व्यक्तिगत तथ्यांक संकलन गर्ने एक जना नक्कली अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँका कृष जिसी रहेका छन् ।

जिसीले गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्यांक लिन खोज्ने क्रममा पक्राउ परेको अध्यागमन विभागले जनाएको छ ।

जिसीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको विभागले जनाएको छ।

विभागका अनुसार आज शुक्रबार उनी निजामती पोशाकमै थिए । परिचयको क्रममा निजले आफू ब्याज ३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका थिए ।

उनले विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचय पत्र देखाई काठमाडौंको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाएको विभागको भनाइ छ ।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार एक महिलाले होटलका व्यवसायीलाई ठगी गरेर फरार भएकोले होटलका बाउन्सरले गृहका तिनै नक्कली अधिकृतसँग पैसा असुली गरिदिन सहयोग मागेका थिए । सो अनुसार नक्कली अधिकृत उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएका थिए । उनले यसरी ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए ।

विभागमा उपस्थित भएपछि उक्त महिलाको नाम देखाएर निजको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए । उनले निजलाई कालोसूचीमा राखिदिन समेत अनुरोध गरेका थिए ।

नक्कली अधिकृतले यस अघि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचय पत्र समेत लिएको खुलेको छ ।

अध्यागमन विभागको इन्टेलिजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका निजको परिचय पत्रमा कर्मचारी संकेत नम्बर अस्वाभाविक देखिएको थियो । निजसँग आएका होटलका बाउन्सरलाई भने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज