Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विरासत जोगाउने दाउमा पूर्वमन्त्री त्रिपाठी

Author Avatar साझा न्यूज 28th January 2026 , 11:42 AM
विरासत जोगाउने दाउमा पूर्वमन्त्री त्रिपाठी

पश्चिम नवलपरासी, माघ १४ गते  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ को चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । यस क्षेत्रमा दशकौँदेखि राजनीतिक बागडोर सम्हाल्दै आउनुभएका  पूर्वमन्त्री हृदयेश त्रिपाठी यसपटक पनि विकासका एजेण्डा र आफ्नो पुरानो विरासतसहित चुनावी मैदानमा हुनुहुन्छ । जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्य र आफ्नो राजनीतिक अनुभवलाई मुख्य अधार बनाउँदै त्रिपाठी मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

संसदीय राजनीतिमा ‘यात्रा’
वि.सं. २०४८ सालदेखि नै संसदीय राजनीतिमा उपस्थिति जनाउँदै आउनुभएका त्रिपाठी यस क्षेत्रबाट पटक–पटक निर्वाचित भइसक्नुभएको छ । २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा जित हासिल गरेका उहाँले यस पटक भने जनता समाजवादी पार्टी उम्मेदवारके रूपमा चुनावी मैदानमा हुनुहुन्छ । उहाँ विभिन्न समयमा स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भौतिक पूर्वाधार जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूको नेतृत्व  गर्नुभएको थियो ।

कोभिड सङ्कट र पृथ्वी चन्द्र अस्पतालको अवस्था सुधार
त्रिपाठीको यसपटकको निर्वाचनको बलियो आधार भनेको उहाँ स्वास्थ्यमन्त्री हुँदा जिल्लाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान रहेका दावी छ । विश्वव्यापी कोभिड–१९ को महामारीका बेला जिल्लाकै सबैभन्दा पुरानो पृथ्वी चन्द्र अस्पताल को अवस्था सुधारमा उहाँले भूमिका खेलेको दाबी गरिन्छ ।

त्रिपाठीकै पहलमा अस्पतालको अक्सिजन प्लान्टको स्थापना र आधुनिक शय्याहरूको व्यवस्थापनका लागि राज्यको ठुलो लगानी भित्रिएको थियो । कोभिडको समयमा अत्यावश्यक पर्ने भेन्टिलेटर, आईसीयू र डायलासिस सेवालाई प्रभावकारी बनाउन उपकरणहरू सहजै उपलब्ध गराउन उहाँले केन्द्रबाट नीतिगत र बजेटरी सहजीकरण गर्नुभएको थियो ।

“मैले यस क्षेत्रको भूगोल र भावनालाई नजिकबाट बुझेको छु । स्वास्थ्यमन्त्री हुँदा होस् वा अन्य भूमिकामा, मेरो प्राथमिकता सधैँ नवलपरासीको समृद्धि नै रहेको छ,’’ त्रिपाठीले चुनावी प्रचारका क्रममा भन्नुभएको छ ।

आरोपहरुको घेरामा त्रिपाठीः ’लामो समय पदमा रहँदा के भयो ?’
पटक–पटक निर्वाचन जितेर मन्त्री भइसक्दा पनि त्रिपाठीले क्षेत्रको समग्र विकासमा ध्यान नदिएको भन्दै आलोचना हुने गरेको छ ।

पूर्वाधार विकासमा सुस्तताः त्रिपाठीले पटक–पटक यस क्षेत्रबाट निर्वाचन जिते पनि सडक, पुल र अन्य भौतिक पूर्वाधारका ठूला आयोजनाहरू उल्लेखनीय रूपमा अघि बढ्न सकेका छैनन् । क्षेत्र नं. १ का कतिपय ग्रामीण भेगहरू अझै पनि आधारभूत पूर्वाधारबाट टाढा रहेको आरोप विपक्षीहरूको छ ।

राजनीतिक अस्थिरता र दल परिवर्तनः त्रिपाठीमाथि लाग्ने सबैभन्दा ठूलो आरोप ’पटक–पटक दल परिवर्तन’ गर्ने प्रवृत्ति हो । मधेशवादी राजनीतिदेखि स्वतन्त्र हुँदै अहिले जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्यसम्म आइपुग्दा उहाँको वैचारिक स्थिरतामाथि मतदाताले प्रश्न उठाउने गरेका छन् । पद र सत्ताका लागि दल फेर्ने गरेको आरोपले उहाँको चुनावी अभियानलाई केही दबाबमा पारेको देखिन्छ ।

निर्वाचनका मुख्य एजेण्डाहरूः कृषि र भौतिक विकास
त्रिपाठीले यसपटकको निर्वाचनमा मुख्यतया तीनवटा पक्षलाई प्राथमिकता दिनुभएको छ  । कृषि क्रान्तिः उखु किसानका समस्याहरूको स्थायी समाधान र समयमै मल–बीउको सहज उपलब्धता, शिक्षा र स्वास्थ्यः अस्पताललाई अझ आधुनिक र सुविधा सम्पन्न बनाउने तथा प्राविधिक शिक्षाको विस्तार र पूर्वाधार पूर्णताः क्षेत्रका अधुरा सडक सञ्जाल र निर्माणका कामहरूलाई पूर्णता दिने रहेका छन् ।

चुनौती र अवसर
मैदानमा युवा र नयाँ अनुहारहरूको चुनौती देखिए पनि त्रिपाठीको पुरानो विरासत र पृथ्वी चन्द्र अस्पताल जस्ता देखिने विकासका कार्यहरू उहाँका लागि बलिया आधार भए दावी  हुन् । जिल्लाको विकासमा उहाँको अनुभवलाई मतदाताले कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले नै आगामी निर्वाचनको नतिजा तय गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज