Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

“मृत्युलाई जितेर फर्किएको छु, चुनाव जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

Author Avatar साझा न्यूज 31st January 2026 , 6:44 PM
“मृत्युलाई जितेर फर्किएको छु, चुनाव जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले आफू इमानदार छविका आधारमा निर्वाचन जित्ने र मन्त्री बन्ने दाबी गर्नुभएको छ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेशसभा (ख) क्षेत्रीय समितिले मायादेवी गाउँपालिका पकडीमा आयोजना गरेको कार्यकर्ता भेला, छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो।

गत वर्ष ओपन हार्ट सर्जरीपश्चात गम्भीर अवस्थाबाट फर्किएको स्मरण गर्दै कमालले भन्नुभयो, “म सायद आज तपाईंहरूबीच नहुन पनि सक्थेँ। नागरिकको आशीर्वाद, सत्कर्म, निष्ठा र इमान्दारिताका कारण जीवनदान पाएको हुँ। मृत्युबाट फर्किएको मानिसलाई गलत व्यक्तिसँग डर लाग्दैन। जनताको गुन चुनाव जितेर क्षेत्रको विकास गरेर तिर्छु।”

संविधानसभा सदस्यसमेत रहनुभएका कमालले २०७० सालमा स्वतन्त्र रूपमा निर्वाचन जिते पनि पार्टी निष्ठामा कायम रहेकाले यसपटक पार्टीबाट उम्मेदवार बनेको बताउनुभयो। सभापति गगन थापाको नेतृत्वमा सरकार बने आफू मन्त्री बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

उहाँले २०४८ सालदेखि विकासबाट पछि परेको क्षेत्रमा आफू र पूर्व प्रदेश भौतिक योजना मन्त्री सहसराम यादवले पूर्वाधार, सिँचाइ र स्वास्थ्य क्षेत्रमा काम गरेको उल्लेख गर्नुभयो। “२०७० सालमा स्वतन्त्र लड्दा अग्रज नेता राजेश आचार्यसँग क्षमा मागिसकेको छु, अहिले हामी एकै ठाउँमा छौं,” उहाँले भन्नुभयो।

निर्वाचन परिणाम कांग्रेसकै पक्षमा आउने दाबी गर्दै उहाँले कार्यकर्तालाई ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभयो।

कार्यक्रममा पूर्व पार्टी सभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले लोकतन्त्र र अधिकार संरक्षणका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। जिल्ला सभापति अब्दुल कलामले तीनवटै निर्वाचन क्षेत्रमा पार्टी उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो।

पूर्व प्रदेशमन्त्री सहसराम यादवले क्षेत्रको विकासलाई निरन्तरता दिन अतहर कमाललाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो। पूर्व पार्टी सभापति राजेश आचार्यले पार्टीभित्र एकता कायम गरी कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेता ललित गुरुङ, रामआशिष पाण्डेय, शोहरत तेली, विश्वम्भर कुर्मी, वजिह अरसद तथा वलीउद्दिन मुसलमानलगायतले पनि धारणा राख्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज