Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

Author Avatar साझा न्यूज 4th February 2026 , 6:00 PM
पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

तौलिहवा (कपिलवस्तु), माघ २१ गते । बहुक्षेत्रीय पोषण योजना (एमएसएनपी) तेस्रो चरणअन्तर्गत पोषण सुधार कार्यक्रम तथा बजेट व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशको पोषण अवस्थाबारे प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पोषणमैत्री स्थानीय शासनका विषयमा नविन विषीले प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै आयोगका उपाध्यक्ष डा. डिल्लीराज आचार्यले आर्थिक विकाससँगै स्वास्थ्य र दक्ष जनशक्तिको विकास अपरिहार्य रहेको बताउनुभयो । स्वास्थ्य र दक्ष जनशक्ति बिना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै उहाँले प्रदेशले निर्माण गरेको रणनीतिमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । साथै, स्रोतसाधनको प्राथमिकतासहित विनियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसैगरी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले सबै तह र क्षेत्रको सहकार्यबिना पोषणसम्बन्धी लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो । उहाँले कपिलवस्तुका केही स्थानीय तहले खाद्य तथा पोषण रणनीति निर्माण गरिसकेको र केही पालिकामा सो कार्य प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सामाजिक, कृषि, पशुपन्छी र मानव स्वास्थ्यसँग जोडिएका क्षेत्रलाई आवश्यक महत्व नदिइँदा बालबालिकामा कुपोषणको समस्या देखिएको बताउनुभयो । पोषण सुधारमा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, कृषि, पशुपन्छी र सुशासन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहले पूर्वाधार निर्माणमा मात्र केन्द्रित हुने प्रवृत्ति परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पहिलो प्राथमिकता मानिसको स्वास्थ्य हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पोषणमा सुधार ल्याउन संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको समन्वित भूमिका आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले कपिलवस्तु खाद्यको भण्डारका रूपमा परिचित भए पनि यसको सही सदुपयोग नहुँदा पोषणको अवस्था चुनौतीपूर्ण बनेको बताउनुभयो । पोषण सुधारका लागि जनचेतनाको विकास अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सरकारले सन् २०३० सम्म पोषणयुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
कार्यक्रम विएमजेड डब्लु एच एच र कालिका स्वावलम्बन सामाजिक केन्द्र र आर आर एनको आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति कपिलवस्तुको समन्वयमा लुम्बिनी प्रदेश योजना आयोगको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज