Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

Author Avatar साझा न्यूज 4th February 2026 , 7:21 PM
देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

कपिलवस्तु । नेपाली कांग्रेस महाराजगंज नगरकार्य समितिको आयोजनामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर सभापति राम अचल कुर्मीको अध्यक्षता तथा जिल्ला सहसचिव वजिह अर्शदको सञ्चालनमा भएको हो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले वर्तमान निर्वाचन देशको अस्तित्व, लोकतन्त्र र संविधानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निर्वाचन भएको बताउनुभयो। उहाँले अधुरा विकास निर्माणका कार्य पूरा गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट गर्नुभयो।

आचार्यले जनताबाट पाँच वर्षका लागि निर्वाचित भए पनि विशेष परिस्थितिका कारण तीन वर्षमै पुनः निर्वाचन हुन लागेको उल्लेख गर्दै विगत कार्यकालमा केही कमी कमजोरी हुन सक्ने स्वीकार गर्नुभयो। मन्त्री रहँदा कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रमा शिक्षा र सिँचाइ क्षेत्रका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उहाँको भनाइ थियो।

उहाँका अनुसार सिँचाइ सुधारका लागि डिप पोरिङ तथा बाणगंगा सिँचाइ आयोजनाको मर्मतसम्भारका लागि १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो, जसअन्तर्गतका योजनाहरू हाल पनि निरन्तर रूपमा कार्यान्वयन भइरहेको छ।

कार्यक्रममा महाराजगंज नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलामले तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभयो। उहाँले कपिलवस्तुमा नेपाली कांग्रेसले समावेशी उम्मेदवारलाई अघि सारेको उल्लेख गर्नुभयो।

त्यसैगरी कार्यक्रममा पूर्व पार्टी सभापति एवम् नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेले लोकतन्त्र र नागरिक अधिकार संरक्षणका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। पूर्व मन्त्री सहासराम यादवले निर्वाचन परिणाम कांग्रेसकै पक्षमा आउने दाबी गर्दै कार्यकर्तालाई ढुक्क भएर चुनावी तयारीमा जुट्न आग्रह गर्नुभयो।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज