Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु–१ मा काङ्ग्रेसको लहर बढ्दो, १०–१५ हजारको मतान्तरले जित्ने उम्मेदवार मुसलमानको दाबी

Author Avatar साझा न्यूज 11th February 2026 , 12:13 PM
कपिलवस्तु–१ मा काङ्ग्रेसको लहर बढ्दो, १०–१५ हजारको मतान्तरले जित्ने उम्मेदवार मुसलमानको दाबी

कपिलवस्तु : नेपाली काङ्ग्रेसका नेता एवं कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अत्तहर कमाल मुसलमानले बाणगङ्गा नगरपालिकाका कुनै पनि वडामा काङ्ग्रेस कमजोर नरहेको बताउनुभएको छ। बाणगङ्गाको चारनम्बरमा आयोजित ‘नगर चुनाव प्रचार-प्रसार सम्पर्क कार्यालय’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो।

संविधान सभा सदस्य समेत रहनुभएका नेता मुसलमानले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावी मैदानमा खटिन निर्देशन दिनुभयो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “बाणगङ्गाका कुनै पनि वडामा हामी कमजोर छैनौँ। त्यसैले कुनै पनि साथीहरूले कमजोर मनस्थिति नबनाउनुस्, ढुक्क भएर अभियानमा लाग्नुस्। यस पटक हामी १० देखि १५ हजारको फराकिलो मतान्तरले चुनाव जित्दैछौँ।”

उहाँले आफू विगतदेखि नै सधैँ जनताको पक्षमा उभिएको र कहिल्यै जनभावना विपरीतका कार्य नगरेको स्मरण गराउनुभयो। मतदाताको घरदैलोमा पुग्दा काङ्ग्रेसप्रति जनताको भरोसा निकै बढेको उहाँको अनुभव थियो। “गगन थापा नेतृत्वमा  पार्टी आइसकेपछि मतदाताको आँगनमा पुग्दा काङ्ग्रेसप्रतिको लहर अझै सशक्त र उत्साहजनक देखिएको छ,” मुसलमानले थप्नुभयो।

कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार बिमला गैरेले देशभर नै काङ्ग्रेसको पक्षमा जनलहर सिर्जना भएको बताउनुभयो। उहाँले निर्वाचन जित्नका लागि टोल-टोलमा पुगेर पार्टीको एजेन्डा बुझाउन कार्यकर्तालाई आग्रह गर्नुभयो।

चुनावी गतिविधिलाई व्यवस्थित बनाउन स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन बाणगङ्गा नगरपालिकाका संस्थापक मेयर मङ्गल प्रसाद थारु र महाधिवेशन प्रतिनिधि दुर्गा सेनले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यालय उद्घाटनसँगै बाणगङ्गा क्षेत्रमा काङ्ग्रेसले चुनावी अभियानलाई थप तीव्रता दिने बताएको छ।

कपिलवस्तु १ मा चुनावी सरगर्मी बढ्दै जाँदा काङ्ग्रेसले आफ्नो संगठनलाई वडा तहसम्मै परिचालन गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज