Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली कांग्रेस आगामी निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्छः उपसभापति शर्मा

Author Avatar साझा न्यूज 12th February 2026 , 10:48 PM
नेपाली कांग्रेस आगामी निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्छः उपसभापति शर्मा

तौलिहवा(कपिलबस्तु), माघ २९ गते । नेपाली कांग्रेस पार्टी आगामी निर्वाचनबाट देशकै सबैभन्दा ठूलो दल बन्ने नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताउनुभएको छ । नेपाली कांग्रेस कपिलबस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उपसभापति शर्माले नेपाली कांग्रेस छोडेर बाहिर रहेका नेता तथा कार्यकर्ताहरूलाई पुनः पार्टीभित्र फर्काउने अभियान सुरु भइसकेको जानकारी दिनुभयो । कपिलबस्तुका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
टिकट वितरणका क्रममा देखिएका केही कमजोरीका विषयमा बोल्दै उहाँले प्रत्येक प्रदेशका लागि पर्याप्त समय नपाउँदा समस्या देखिएको स्पष्ट पार्नुभयो । सातवटै प्रदेशका लागि जम्मा दुई दिन मात्र समय उपलब्ध हुँदा केही कमजोरी भएको उहाँको भनाइ छ । एउटा प्रदेशलाई मात्रै दुई दिनको समय दिइएको भए समस्या नआउने उहाँले बताउनुभयो ।
उपसभापति शर्माले नेपाली कांग्रेसले मात्रै देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको उल्लेख गर्दै अहिलेको निर्वाचन जित्नु पार्टी मात्र नभई देशकै आवश्यकताको विषय भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले फागुन १ गतेदेखि २१ गतेसम्म निर्वाचनमा सक्रिय रूपमा खटिने कार्यकर्तामध्ये उत्कृष्टलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरिने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा कपिलबस्तु क्षेत्र नं. १ का प्रतिनिभि सभासदस्यका उम्मेदवार अतहर कमाल मुसलमान, क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य, क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाह, नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज