Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालबालिकाको बुद्धि र वृद्धि विकासका लागि स्वर्ण प्राशनबारे अभिमुखीकरण

Author Avatar साझा न्यूज 20th March 2026 , 6:58 PM
बालबालिकाको बुद्धि र वृद्धि विकासका लागि स्वर्ण प्राशनबारे अभिमुखीकरण

कपिलवस्तु, चैत ६ गते । एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको बुद्धि विकास, शारीरिक वृद्धि तथा निरोगी जीवन प्रवद्र्धन गर्ने स्वर्ण प्राशन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
मुख्य प्रशिक्षक अर्जुनराज शर्माले स्वर्ण प्राशन आयुर्वेद पद्धतिमा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, स्मरणशक्ति सुदृढीकरण, बुद्धि विकास तथा समग्र वृद्धि विकासका लागि उपयोगी मानिने बताउनुभयो । उहाँले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिने यस्तो कार्यक्रमले बालस्वास्थ्य प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले आयुर्वेद सेवालाई समुदाय स्तरसम्म प्रभावकारी रूपमा पु¥याउन यस्ता अभिमुखीकरण कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्य, पोषण र प्रतिरक्षा प्रणाली सुदृढ बनाउन आयुर्वेद पद्धतिका उपयोगी पक्षबारे अभिभावक र स्वास्थ्यकर्मीलाई सही जानकारी दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नालीन नाथ तिवारीले स्वर्ण प्राशनलाई बालबालिकाको नियमित स्वास्थ्य स्याहारसँग जोडेर बुझ्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । स्थानीय तह, स्वास्थ्य संस्था र आयुर्वेद सेवाबीचको सहकार्यबाट यस्ता कार्यक्रम प्रभावकारी बन्न सक्ने उहाँको भनाइ छ ।
कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बालस्वास्थ्य सुधारका लागि एलोपेथिक र आयुर्वेदिक दुवै प्रणालीबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले समुदायमा पुगेर सही सूचना प्रवाह गर्न सके बालबालिकाको स्वास्थ्य संरक्षणमा सकारात्मक परिणाम प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष अफाक अहमद खानको अध्यक्षतामा भएको थियो । विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरू तथा सरोकारवाला स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज अधिकृत हरिलाल उपाध्यायले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज