काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निर्वाचन आयोगका सचिवको साटफेर गर्ने निर्णय गरेको हो ।
जानकारीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीलाई निर्वाचन आयोग पठाइएको छ भने निर्वाचन आयोगका सचिव कृष्ण राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
















































