कपिलबस्तु, साउन २० गते । कपिलवस्तुको तौलिहवामा तौलेश्वरनाथ एसी डिलक्स ईभि तथा श्री गणेश चार्जिङ स्टेशनको बुधवार उद्घाटन गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आनन्दबागमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले पानसमा दीप प्रज्जवलन पछि रिबन काटेर एसी डिलक्स र चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन ।
तौलिहवाका युवा सुनचादी व्यापारी रन्जित बर्माले एसी डिलक्स इभि र चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य पाण्डेयले चार्जिङ स्टेशन तथा एसी डिलक्स ईभीले पछि परेको तौलिहवामा सेवा सुबिधा थपिएको बताए । उनले ईभिले सस्तोमा काठमाण्डौ सम्म एसी सहीतको सेवा पाउने भएकाले यात्रुहरु लाभाबिंत हुने उनले बताए ।
यस्तै चार्जिङ स्टेशनले समेत ईभी गाडी राखेकोहरुका लागि सुबिधा भएको बताए । उनले दुबै सेवा एकै पटक संचालन गरेर युवा ब्यापारी बर्माले प्रशंसनीय काम गरेको बताए । सरकारले नै ईभिलाई प्राथमिकतमा राखेको बताए ।
ब्यापारी बर्माले सरकारले नै फोकस गरेका ईभि सेवा आफुले सुरु गरेको बताए । उनले ईभिमा एसी सहीतको सेवा लिई सस्तो मै काठमाण्डौ सम्मा यात्रा गर्न पाउने गरी सेवा सुभाम्भ गरिएको बताए ।
पश्चिम नेपाल यातायात प्रालिमा आवबद्ध भई दैनिकरुपमा बिहान सवा ८ बजे बिहान काठमाडौका लागि ईभि छुटने उनले बताए । झण्डै २ करोडको लागतमा ३ वटा ईभि गाडीबाट सेवा सुरु गरिएको हो ।
यस्तै तालिहवा क्षेत्रबासीको सेवा उपलब्ध गराउन ५० लाख बढी लागतमा चार्चिङ स्टेशन समेत सूरु गरिएको छ । कार्यक्रममा कांग्रेसका पुर्व जिल्ला अध्यक्ष राजेश आचार्य, महिला नेतृ मिथुला उपाध्याय, युवा नेता राजेश ज्ञवाली गोपीकृष्ण शर्मा सु्नचादी ब्यवासी संघ जिल्ला अध्यक्ष देबी बर्मा, संतोष हमाल लगायतको सहभागीता थियो ।
















































