Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुका १० स्थानीय तह र तीन सडक आयोजनाको वार्षिक समीक्षा

Author Avatar साझा न्यूज 31st August 2026 , 11:05 AM
कपिलवस्तुका १० स्थानीय तह र तीन सडक आयोजनाको वार्षिक समीक्षा

कपिलवस्तु । कपिलवस्तु जिल्लाका १० स्थानीय तह तथा तीनवटा प्रमुख सडक आयोजनाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा प्रस्तुतीकरण कार्यक्रम आइतबार तौलिहवामा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा जिल्ला समन्वय समितिको सभाहल तौलिहवामा आयोजित कार्यक्रममा जिल्लाका १० स्थानीय तह तथा बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक आयोजना, सडक डिभिजन र हुलाकी राजमार्ग योजना कार्यालयका तर्फबाट आर्थिक वर्ष २०८२/८३ मा भएका काम, प्रगति, बजेट कार्यान्वयन, उपलब्धि तथा समस्याबारे प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मीले स्वागत मन्तव्य व्यक्त गर्दै वार्षिक समीक्षा कार्यक्रमले जिल्लामा भएका विकास निर्माणका कामको अवस्था पहिचान गर्न तथा आगामी दिनको योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय तह तथा सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमाल गौतम, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डे, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी तथा शिवराज नगरपालिकाका लेखा अधिकृत रामचन्द्र मरासिनी, कृष्णनगर नगरपालिकाका लेखा अधिकृत शिवकुमार यादवले आ–आफ्नो पालिकाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो।
त्यस्तै, शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद न्यौपाने, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, यशोधरा गाउँपालिकाको कृषि शाखाका कुलदीप मिश्र र विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमलाल विश्वकर्माले पनि पालिकाका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभयो।
सडकतर्फ बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक आयोजनाका कुशलता न्यौपाने, सडक डिभिजनका इन्जिनियर किसनप्रसाद गैरे तथा हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रतिक प्रधानले सडक आयोजनाको प्रगति विवरण प्रस्तुत गर्नुभयो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विक्रम सिंह थापाले विकास निर्माणका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले बजेट खर्च गर्नेभन्दा पनि त्यसबाट नागरिकले प्राप्त गर्ने प्रतिफल महत्वपूर्ण हुने भएकाले विकास आयोजनाको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो।
प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यले जिल्लाको समग्र विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले जनताको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यालय तथा स्थानीय तहबाट नागरिकलाई प्रभावकारी र सहज सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो। उहाँले वार्षिक समीक्षा उपलब्धि प्रस्तुत गर्ने कार्यक्रम मात्र नभई कमजोरी पहिचान गरी आगामी वर्षको कार्यसम्पादन सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दललगायतको सहभागिता रहेको थियो।
वार्षिक समीक्षामा प्रस्तुत भएका प्रगति विवरण तथा उठाइएका विषयका आधारमा जिल्लाको विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रसुवा बाढी : ६६९ जनाको शव फेला

रसुवा बाढी : ६६९ जनाको शव फेला

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

भर्खरै प्रकाशित

कपिलवस्तुका १० स्थानीय तह र तीन सडक आयोजनाको वार्षिक समीक्षा

कपिलवस्तुका १० स्थानीय तह र तीन सडक आयोजनाको वार्षिक समीक्षा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

रसुवा बाढी : ६६९ जनाको शव फेला

रसुवा बाढी : ६६९ जनाको शव फेला

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज