Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगङ्गा नगरपालिकाद्वारा बाढीपीडितका लागि ४५ लाख सहयोग

Author Avatar साझा न्यूज 1st September 2026 , 2:39 PM
बाणगङ्गा नगरपालिकाद्वारा बाढीपीडितका लागि ४५ लाख सहयोग

कपिलवस्तु। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बाणगङ्गा नगरपालिकाले ४५ लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बाणगङ्गा नगर कार्यपालिकाको भदौ १६ गते बसेको बैठकले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ४५ लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले राष्ट्रिय विपद्को यस कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको सामाजिक दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्मा परेका नागरिकलाई राहत र पुनर्स्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ । बाणगङ्गा नगरपालिकाले आफ्नो क्षमताअनुसार सहयोग गर्ने निर्णय गरेको हो ।”

उहाँले विपद्का बेला स्थानीय तह, नागरिक, संघसंस्था तथा सरोकारवाला सबै मिलेर प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशका विभिन्न स्थानीय तह, संघसंस्था तथा व्यक्तिहरूले राहतका लागि सहयोग घोषणा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितका लागि कसौधन परिवारद्वारा दुई लाख २१ हजार सहयोग

बाढीपीडितका लागि कसौधन परिवारद्वारा दुई लाख २१ हजार सहयोग

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

भर्खरै प्रकाशित

बाणगङ्गा नगरपालिकाद्वारा बाढीपीडितका लागि ४५ लाख सहयोग

बाणगङ्गा नगरपालिकाद्वारा बाढीपीडितका लागि ४५ लाख सहयोग

बाढीपीडितका लागि कसौधन परिवारद्वारा दुई लाख २१ हजार सहयोग

बाढीपीडितका लागि कसौधन परिवारद्वारा दुई लाख २१ हजार सहयोग

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज