कपिलवस्तु । सशस्त्र प्रहरी बलले कपिलवस्तुको सीमावर्ती क्षेत्रबाट करिब साढे दुई लाख रुपैयाँ मूल्य बराबरका प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले रु. २ लाख ५४ हजार ३७२ बराबरका प्रतिबन्धित आतसबाजी (पटाका) बरामद गरेको हो।
बरामद गरिएका पटाका प्रचलित कानुनबमोजिम नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
















































