Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाँकेका तत्कालिन एसपीले पैसा लिएर काठ तस्कर भगाएको पुष्टि, निलम्बनको तयारी !

Author Avatar साझा न्यूज 16th August 2021 , 10:58 AM
बाँकेका तत्कालिन एसपीले पैसा लिएर काठ तस्कर भगाएको पुष्टि, निलम्बनको तयारी !

काठमाडौं । नेपाल प्रहरीका एक एसपीले आर्थिक चलखेलका आधारमा काठ तस्करलाई पक्राउ गरेर छाडेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन एसपी ओमबहादुर रानाले तस्कर छाडेको खुलेको हो ।

उनीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीले गठन गरेको छानबिन समितिले यसमा एसपी रानाकै मिलेमतो रहेको औंल्याएको हो ।

प्रदेश कार्यालयका एसपी राजेन्द्रसिंह खड्का नेतृत्वको छानबिन समितिले प्रहरी प्रधान कार्यालयलाई गत मंगलबार प्रतिवेदन बुझाएका छ । गत बैशाखमा जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी टोलीले डुडुवा– ६ हिलमिनियाबाट सालको काठसहित निसार खाँलाई पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उनी हत्कडीसहित भागेको भनेर माथिल्लो निकायलाई खबर गरिएको थियो । तर, प्रहरीले बरामद गरेको उनको मोटरसायकल तथा मोबाइल पनि फिर्ता भएपछि घटना शंकास्पद बनेको थियो ।

प्रहरीले भगाएको सूचनाका आधार प्रदेश प्रहरीले समिति नै बनाएर छानबिन थालेको थियो । जसमा एसपीकै मिलेमतोमा खाँ भागेको देखिएको हो । ‘पक्राउ परेका व्यक्ति भाग्न सक्ने भए तर, मोटरसाइकल र मोबाइल समेत फिर्ता हुुनले मिलेमतो देखियो’ छानबिन संलग्न एक प्रहरी अधिकारीले भने,‘यसमा एसपीकै मिलेमतो प्रष्ट देखिएको छ, प्रतिवेदन बुझाइसकेका छौं, हेरौं कारबाही के हुन्छ

।’ प्रतिवेदनमा यसमा आर्थिक चलखेलको आशंका गरिएको छ । त्यसरी काठ बरामद गरी पक्राउमा संलग्न प्रहरीसँग पनि छानबिन समितिले सोधपुछ गरेको थियो । जसमा सुरुमा उनीहरुले खाँ भागेको बताएपनि पछि एसपीकै आदेशम छाडेको बताएका थिए ।

खाँ हत्कडी नै लिएर भागेमा पछि हत्कडी भने फिर्ता गरेका थिए । ‘हत्कडी फिर्ता गरेपछि प्रहरीले पनि उनको मोटरसाइकल र मोबाइल फिर्ता गरेको देखियो,’ छानबिन समिति स्रोतले बतायो । एसपी रानाको काठमाडौं सरुवा भइसकेपछि यस विषयमा छानबिन सुरु भएको थियो ।

हाल प्रदेको छानबिन प्रतिवेदनमाथि प्रहरीको उजुरी छानबिन शाखाले कारबाही प्रक्रिया अघि बढाएको छ । एसपीमाथि कारबाही टुंगिएपछि त्यसमा संलग्न अन्य प्रहरीमाथि कारबाही गर्ने प्रदेश प्रहरी कार्यालयको तयारी छ । एसपी राना यसअघि पनि पटक–पटक कारबाहीमा परेका अधिकृत हुन् ।

रसुवामा जिल्ला प्रमुखका रुपमा काम गर्दा रक्तचन्दन तस्करीमा मिलेमतो देखिएपछि उनमाथि विभागीय कारबाही भएको थियो । सोही घटनामा सेनाका कर्णेल बर्खास्त हुँदा उनलाई भने राजनीतिक पहुँचको आधारमा सामान्य कारबाही गरेर जोगाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

विवादास्पद पृष्ठभुमी भएपनि दबाबकै भरमा कास्की, बाँके जस्ता जिल्लाको इन्चार्ज दिइएको थियो । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरालाई आर्थिक प्रभावमा पारेर उनले यसरी महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका हुन् । बाँकेमा उनले एक करोड भन्दा धेरै कमाएको प्रहरी स्रोत बताउँछ ।

अहिले पनि कारबाहीबाट जोगिन उनले राजनीतिक नेतृत्वबाट दबाब दिन थालिसकेको स्रोत बताउँछ । प्रहरी संगठनलाई नै बदनाम गराउने रानामाथि यसपटक प्रहरी महानिरीक्षकले कारबाही गर्छन् कि गर्दैनन् उनको पनि परीक्षाको विषय छ । दृष्टिबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज