Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति बाइडनको राजीनामा माग

Author Avatar साझा न्यूज 16th August 2021 , 11:28 AM
ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति बाइडनको राजीनामा माग

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा माग गरेका छन् । ट्रम्पले अफगानिस्तानको विषयलाई लिएर अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएको भन्दै राजीनामा माग गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ अमेरिकी समय अनुसार शनिवार जारी गरिएको विज्ञप्तिमा ट्रम्पले भने, ‘हाम्रो प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना पछ्याउनुको सट्टा उहाँ अफगानिस्तानबाट बाहिर निस्किनुभयो ।

हाम्रो योजनाले अमेरिकी जनता र सम्पत्तिको सुरक्षा गर्‍यो र तालिबानले कहिल्यै पनि अमेरिकी दूतावास लिने वा अमेरिकाविरुद्ध नयाँ आक्रमणका लागि आधार प्रदान गर्ने सपना देख्ने छैन भन्ने सुनिश्चित गरेको थियो । त्यो फिर्ता अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तथ्यद्वारा निर्देशित थियो ।’ अमेरिकी रिपब्लिकन नेता ट्रम्पले भने,‘मैले आइएसआइएसलाई पराजित गरेपछि एउटा भरपर्दो रोकथाम गर्ने सोच बनाएँ ।

त्यो रोकथामको उपाय अहिले प्रभावहीन बनेको छ । तालिबानलाई अब अमेरिका वा अमेरिकाको शक्तिप्रति डर वा सम्मान छैन ।’ काबुलमा रहेको अमेरिकाको दूतावासमाथि तालिबानले झन्डा उठाउँदा अपमान हुने उनले बताए । ‘कमजोरी, अक्षमता र पूर्ण रणनीतिक असमझदारीका कारण यो पूर्ण असफल हुनेछ ।’

काबुलबाहेक सबै प्रमुख सहरहरूमा तालिबानले कब्जा गरेको दाबी गरिरहँदा शनिवार बाइडेनले अफगानिस्तानमा थप एक हजार सेनाको तैनाथि गर्ने अधिकारमा हस्ताक्षर गरेका थिए। यसले गर्दा युद्धग्रस्त देशमा अमेरिकी सेनाको सङ्ख्या पाँच हजार पुगेको छ । बाइडेनको यो निर्णय आफ्ना कर्मचारीहरूलाई सुरक्षित र व्यवस्थित ढङ्गले स्वदेश फिर्ता गर्न सुनिश्चित गर्नु मात्रै रहेको छ ।

तर बाइडन प्रशासनले ट्रम्पलाई जवाफ दिएका छन् ‘अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण हो। यद्यपि अमेरिकी सेना फिर्ताको स्पष्ट जानकारी भने बाइडनले सत्ता सम्हालेपछि सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज