काठमाडौं । पार्टीको आधिकारिकता विवादका विषयमा जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र दीपक कुमार कार्कीको संयुक्त इजलासले सोमबार माग बमोजिम अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको हो।
आयोगले कार्यकारिणी समितिको सनाखत गरी उपेन्द्र यादव पक्षमा बहुमत पुगेको भन्दै उनलाई आधिकारिकता दिएको थियो। तर ठाकुरले आफूलाई यसलाई अन्याय हुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
ुआयोगको निर्णय कानुनबमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन।ु आदेशमा लेखिएको छ।
आधिकारिकता प्राप्त गरेपछि यादव पक्षले ठाकुरलाई साधारण सदस्यबाहेक अरु जिम्मेवारीबाट हटाइसकेको छ।


















































