Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुको वाणगंगामा रहेको भाइरल उद्यानमा पर्यटकको भीड

Author Avatar साझा न्यूज 19th August 2021 , 3:38 PM
कपिलवस्तुको वाणगंगामा रहेको  भाइरल उद्यानमा पर्यटकको भीड

 मनोज पौडेल, कपिलवस्तु

टिकटकमा भाइरल भएपछि कपिलवस्तुको वाणगंगा नगरपालिका–५ स्थित मधवलिया वन उद्यानमा आन्तरिक पर्यटकको भीड बढेको छ । त्यहाँ पुग्ने युवकयुवती बगैंचामा फुलेका मनमोहक फूल र हरियाली वातावरणमा रमाउँछन् । हातहातमा हुने मोबाइलमा टिकटक बनाउँछन् ।

पोस्ट गर्छन् । यसरी पोस्ट भएको टिकटक हेरेरै यहाँ आउने पर्यटक बढेको वाणगंगा नगरपालिका–५ का वडाध्यक्ष भीष्मराज भुसालले बताए । ‘यहाँ आउनासाथ रमाउने वातावरण पाउँछन्,’ उनले भने, ‘दैनिक ३०/४० वटा टिकटक पोस्ट गर्छन् ।’ यसले यहाँको व्यापक प्रचार भई हेर्न उत्सुक हुने आइरहेको उनले सुनाए ।

उजाड र रुख नभएका ठाउँमा मधवलिया सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटनको आकर्षण केन्द्र बनाउन दुई वर्षदेखि निर्माणको काम गर्दै आएको छ । ८० प्रतिशत काम पूरा भएको छ । तर, यहाँ दैनिक ७ सयदेखि १ हजारसम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको वन उपभोक्ता समूहका अध्यक्ष खडानन्द गौतमले बताए ।

पछिल्लो तीन महिनायता घुम्न आउने बढेका हुन् । टिकटक हेरेरै आफूहरू यहाँ आएको हो ओदारीकी पुनम गुप्ताले बताइन् । ‘सोचेभन्दा राम्रो रैछ । टिकटक बनाएर पोस्ट पनि गर्‍यौं,’ उनले भनिन्, ‘अब मेरा साथी फलोअर पनि यहाँ आउन लालायित हुन्छन् ।’ मान्छे हिंड्न मिल्ने सानादेखि ठूला फलामे गोलाकार रिङ जमिनमा गाडिएको छ । इन्द्रणी कलरका १२ फलामे रिङ छन् ।

आकर्षक देखिने हुँदा युवकयुवती त्यसैमा बढी झुम्मिएर सेल्फी खिच्ने र टिकटक बनाउने गर्छन् । माटोको पहाड बनाएर बाघ, डाँफे, मयुर, मृग र खरायोलगायतका ढलोटको आकृति राखिएको छ । अग्लो ठाउँमा हुँदा तलबाट आकर्षक देखिन्छ । त्यहाँ शिव भगवान्को मुर्तिमा माथिबाट पानी खसिरहने वाटर फाउन्टेन रहेको छ ।

त्यस्तै मण्डला बनाइएको छ । मण्डलामा पनि नौ फिट माथिबाट पानी खसिरहने वाटर फाउन्टेन राखिएको छ । मोटरका माध्यमबाट निरन्तर पानी खसिरहने हुँदा त्यहाँ पनि रोमाञ्चित बन्ने गरेका छन् । त्यहाँ रुद्राक्ष, रक्तचन्दन र कपूरलगायतका डेढ सय बढी प्रजातिका विरुवा रोपिएका छन् ।

त्यस्तै मखमली, गुलाब, सयपत्री, पिटुनिया, गुर्दौली र चमेली फूलले उद्यानलाई चम्काएको छ । पूर्व–पश्चिम राजमार्गस्थित बुङ्चीदेखि एक किमि दक्षिण रहेको उद्यान ५ हेक्टर क्षेत्रफालमा फैलिएको छ । उद्यानभित्र रुखविरुवाको हरियालीसहित बनाइएका दुई पार्क छन् । त्यहाँ हरिण र चित्तलको रंगीन ढलोट बनाएर आकर्षक बनाइएको छ । झुला पनि राखिएको छ ।

प्राकृतिक सौन्दर्यले मुग्ध बनेको छ । कोलाहाल, ध्वनि प्रदूषण छैन । रमणीय दृश्य र मोहकताले सिंगारिएको छ । बोर्डगाउँबाट आएकी युवती रमा पौडेलले हरियाली र फूलले उल्लास थप्नुका साथै निकै रमाइलो भएको बताइन् । यहाँको मनोरम सौन्दर्य र सौम्यताबीच पुग्दा खुसीको सीमा रहेन उनले भनिन् ।

गाउँघरबाट उद्धार गरिएका स–साना वन्यजन्तु संरक्षण गर्न खोर बनाइएको छ । त्यसका लागि स्याल, दुम्सी, खरायो र अजिंगर संकलन गरेर राजपानी सामुदायिक वनमा राखिएको छ । अब यहाँ छिट्टै ल्याएर संरक्षण गरिने बताइएको छ । डिभिजन वन कार्यालयको १५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको ७ लाख, सामुदायिक वनको ७० लाख र वडाको ४ लाख रुपैयाँ लागतमा उद्यान बन्न लागेको हो । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज