काठमाडौं, ५ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री भएको एक महिनाभन्दा लामो समयपछि देउवाले भानुलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन् ।
देउवा कांग्रेस सभापति रहँदा पनि भानुले नै उनको सचिवालय सम्हाल्दै आएका थिए । असार २९ मा प्रधानमन्त्री भएका देउवाले एक महिना पूरा गरेपछि बल्ल सचिवालय निर्माण थालेका हुन् ।
















































