काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीले सरकारी निवास बालुवाटारमा जनैपूर्णिमा तथा रक्षाबन्धन मनाएका छन् । धर्मकर्मा गहिरो रुची राख्ने प्रथम महिला आरजु राणा देउवाले त रक्षाबन्धनलाई विशेष बनाइन् ।
आरजुले नेपाल भ्रमणमा रहेका भारतीय नेता विजय चौथावालेलाई राखी बाधिदिएर दिदी भाईको सम्बन्ध स्थापित गरेकी छन् । यसअघि पूर्व भारतीय विदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजले केपी ओलीलाई भाई मानेकी थिइन् ।
अहिले आरजुले सत्तारुढ बिजेपीका विदेश विभाग प्रमुख चौथाइवालेलाई राखी नै बाँधेर भाई मानेकी हुन् ।
नेपाल भारतबिच राजनीति र कूटनीति भन्दा माथि धेरै माथि सांस्कृतिक र पारिवारिक सम्बन्ध छ । दुबै देशबिच यो सम्बन्धको अनुपम उदाहरण आइतवार बालुवाटारमा देखिएको हो ।
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी के विदेश विभाग प्रमुख विजय चौथाईवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुग्दा प्रथम महिला आरजुले उनलाई राखी बाधेर दुई देशबिच रहेको अद्वितीय सम्बन्धको अनुपम उदाहरण पेश गरेकी छन् । वास्तवमा यो क्षण निकै भावनात्मक रहेको थियो ।
बिजेपी विदेश विभाग प्रमुख चौथाईवाले नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको निमन्त्रणमा नेपाल आएका हुन् । उनले कांग्रेसका शिर्ष नेता भेट्ने पनि कार्यक्रम छ ।
















































