Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओली सरकार इतिहासकै भ्रष्ट : माधव नेपाल

Author Avatar साझा न्यूज 24th August 2021 , 4:29 PM
ओली सरकार इतिहासकै भ्रष्ट : माधव नेपाल

८ भदाै, काठमाडौं।

एमालेबाट विभाजन गरेर एकीकृत समाजवादी दल निर्माणमा जुटेका माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कायम रहेको धार्मिक सद्भावमा असर पुग्ने र कम्युनिष्टहरुको आचारणभित्रै नपर्ने धर्मलाई राजनीतिमा मिलाउने घृणित खेलको सुरुवात गरेको आरोप लगाएका छन्।

बुधबार पार्टी दर्ताका लागि सनाखत बुझाउनु अघि चन्द्रागिरि पुगेर आफ्ना नेता तथा कार्यकर्तालाई उनले ओलीमाथिको राजनीतिक टिप्पणीको प्रतिवेदन वितरण गरेका थिए। प्रतिवेदनमा उनले केपी ओली इतिहासकै भ्रष्ट प्रधानमन्त्री भएको आरोप लगाएका छन्।

‘के.पी.ओली, काम एकातिर, अर्कैतिर बोली’ भन्ने सबै जनतामा चलेको भन्दै उनले आफ्नो दस्तावेजमा ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न !’ भन्ने भनाइ जनता झुक्याउन मात्रै भएको पुष्टि भएको भनिएको छ।‘सत्ता सम्हालेको केही दिनमै देशमा भ्रष्टाचारका ठूलाठूला काण्ड घटित हुन थाले।

केही निजी कम्पनीहरूको नाजायज हितका लागि नियम–कानुन संशोधनसमेत गरी संस्थागतरुपमै भ्रष्टाचारलाई बढावा दिन थालियो,’ प्रतिवेदनमा भनिएको छ, ‘श्रमजीवीहरूको हितमा परिचालित हुनु पर्ने सरकार सीमित निजी कम्पनी र दलाल पुँजीपतिको कब्जामा पुग्यो। भ्लादिमिर इल्यिच लेनिनले पुँजीवादी सरकारको बारेमा भन्नु भएको थियो, ”पुँजीवादी व्यवस्थाभित्रको सरकार भनेको निजी कम्पनीहरुको सञ्चालक समितिको सदस्य हो” ओली सरकार ठ्याक्कै त्यस्तै भयो।’

ओली सरकारका पालामा भएका भ्रष्टाचारका धेरै ठूला काण्डहरुलाई बुँदागतरुपमा प्रस्तुत गर्दै नेता नेपाले १३ बुँदे आरोप लगाएका छन्। उनले यति ,ओम्निदेखि गोकर्ण फरेष्ट रिर्सोटसम्ममा भ्रष्टाचार गरेको भन्दै इतिहासको भ्रष्ट प्रधानमन्त्री ओली भएको आरोप लगाएका छन्।

दस्तावेजमा भनिएको छ, ‘यति ग्रुपका लागि नेपाल ट्रस्टको नाममा रहेको गोकर्ण रिसोर्ट, नारायण हिटी दरबार संग्रहालय अगाडिको बहुमूल्य जमिन, पाथीभरा मन्दीर रहेको सिंगै पहाड लगायत राज्यका तमाम सम्पत्तिहरू कौडीको मूल्यमा वर्ष वर्षका लागि लिजमा दिइयो। यति ग्रुपलाई पोस्नका लागि कतिसम्म गरियो भने उडान परीक्षण नै नगरिएको हिमाल एयर लाइन्सको जहाजमा प्रधानमन्त्री के.पी.ओली राजकीय प्रमणमा चीन जानु भयो।’

ओलीलाई गरीब, निमुखा, सर्वहारा, श्रमजीवी वर्गसंग कुनै मतलब नभएको आरोप नेपालले लगाएका छन्। ‘के.पी.ओलीको सरकारले संसदमा अहिलेसम्म प्रस्तुत गरेका नीति तथा कार्यक्रम र बजेटमा श्रमिक–मजदूर र किसानको हित गर्ने कुनै एजेण्डा छैनन् न त समाज रुपान्तरणका कुनै बुँदा नै छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘ बैठक बस्न नमान्ने, बैठकका निर्णय नमान्ने, पार्टीको नेतृत्वमा पुगेर पनि निरन्तर गुट सञ्चालन गर्ने, आलोचनाका शब्द सुन्न पनि नसक्ने ओलीले आफ्नै खल्तिको गुटलाई पनि विश्वास नगरेर सबै अधिकार आफ्नो हातमा लिनुभयो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज