साझा न्यूज, तौलिहवा
नेपाली कांग्रेस कपिलवस्तुको तौलिहवा स्थित नव निर्मित पार्टी कार्यालय भवनको प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्तरुपमा उदघाटन गरिने भएको छ ।
आगामी भदौ १६ गते बिहान ९ बजे भर्चुवल माध्यमबाट एक करोड बढी लागतमा बनाइएको भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए ।
प्रधानमन्त्री देउवा र वरिष्ठ नेता पौडेलले भर्चुवल माध्यमबाट नै शिलालेख पढेर भवनको उद्घाटन हुने पार्टी सभापति आचार्यले जानकारी गराउनु भयो ।
नेता द्धयले उदघाटन पछि सम्बोधन समेत गर्ने कार्यक्रम छ । कपिलवस्तु, बुद्धभुमी, बाणगंगा, महाराजगंज नगरपालिका लगातयको भवन निर्माणमा सहयोग गरेका छन ।
पार्टीको तल्लो तलमा रहेको हल सहीतको भवन निर्माण भई सकेको छ भने माथील्लो तला अझै पनि निर्माण कै क्रममा छ । भवन उदघाटन कार्यक्रममा सहभागी हुन पार्टीले आग्रह गरेको छ ।
















































