Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गौरापर्वको आज मुख्य दिन, दुर्वाष्ठमी अर्थात् अठेवाली मनाइँदै

Author Avatar साझा न्यूज 30th August 2021 , 1:02 PM
गौरापर्वको आज मुख्य दिन, दुर्वाष्ठमी अर्थात् अठेवाली मनाइँदै

भाद्र महिनामा पर्ने शुक्लअष्ठमी अथवा गौरा पर्व दुर्वाष्ठमी पूजा गर्दै सुदूरपश्चिममा सोमबार हर्षोल्लासका साथ मनाइँदै छ ।

सधैं हरियो र पलाइरहने पवित्र वनस्पति दुबोलाई पूजा र पुरुषले धारण गर्ने जनै जस्तै महिलाहरुले ग्रहण र धारण गर्दै उमा महेश्वरलाई अर्पण गरेर गौराको पूजाआजा गरी भव्य रूपमा मनाइन्छ ।

पञ्चदलहन गहत, मास, केराउ, कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाइगाउँघरमा सामूहिक रुपमा घरघरमा गौरामाताको प्रसादको रुपमा रहेको बिरुडा भिजाउँदै शुक्ल पञ्चमीदेखि शुरु भएको मौलिक परम्पराको प्रतिक गौरा पर्व आज सप्तऋषि, सप्तसरोवर, सप्तगंगा, सप्तसमुन्द्र सप्त क्षेत्र, सप्त धान्य, सप्त सरस्वतीको पूजा अर्चना गर्दै सात वटा धागोबाट सुत्रबन्दी गरिएको दुबोधागोलाई गौरालाई चढाइ प्रसादको रुपमा महिलाहरुले घाँटीमा लगाउने प्रचलन रहिआएको छ ।

निराहार व्रत बसी महिलाहरुले गौरामहेश्वरको पूजा र शुभमंगल फाग पार्वतीको जीवन लीलासम्बन्धी गाथा अथवा अठेवाली गाएर पर्वको दुर्वाष्ठमी पूजा गर्छन् भने पुरुषहरुले पनि पौराणिक कथा र वीरपुरुषहरूका गाथा, स्थानीय देवी-देवताका गाथा गाउने, चैतधुमारी ढुस्को र डेउडा खेल खेल्ने परम्परा रहेको छ । अमुक्ताभरण सप्तमीका दिन ल्याइएको गौरा देवीलाई दुर्वाष्ठमीका दिन पूजाअर्चना गरी उपयुक्त तिथि साइतमा बिसर्जन गर्ने गरी गौराघर वा देवालयमा राखिन्छ ।

यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाइन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि लिइन्छ ।

आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमवासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परादेखि चलीआएका फाग, अठवाली, पुरुषहरुको चैत धुमारीका साथै डेउडा खेलेर धुमधामका साथ मनाइने परम्परा रहिआएको छ । संस्कृतिका माध्यमबाट सुखदुःख साँटासाँट गर्नुका साथै सामाजिक सदभाव कायम हुने विभिन्न गतिविधिहरु गर्ने परम्परा रहे पनि यस वर्ष कोरोना महामारीका कारण गौरा पर्व पनि प्रभावित भएको छ ।

आध्यात्मिक र भौतिक दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेको सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व ठाउँविशेषअनुसार फरक–फरक रहे पनि महिलाहरुको जीवनशैली र स्थानीय परिवेश झल्काउने यो पर्वले पछिल्लो समयमा राष्ट्रिय रुपमा व्यापकता पनि पाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज