Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरी जवान आधारभुत तालिम १३८ औ समुहको दिक्षान्त समारोह सम्पन्न

Author Avatar साझा न्यूज 31st August 2021 , 4:33 PM
प्रहरी जवान आधारभुत तालिम १३८ औ समुहको दिक्षान्त समारोह सम्पन्न

बिराटनगर। १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।

२०७७ साल मंसिर ३ गते देखी संचालित प्रहरी जवान १३८ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश, प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका हुन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ४८० जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा- ९५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।

दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले शब्दमा सफत ग्रहण गराउनु भएको थियो ।

प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान उतम कुमार मगर लगायत विभिन्न ८ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो ।

दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले कोभिड -१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेशगर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिनु भएको छ ।

दिक्षान्त समारोहमा तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले धन्यवाद ज्ञापन गर्नुहुदै समाज गतिशील छ र हाम्रा समस्याहरु पनि गतिशील नै हुन्छन् यसर्थ हाम्रो प्रयाश पनि गतिशील नै हुनुपर्छ । सिकाईको स्तरलाई परिस्कृत गर्दै लैजानु हुनेछ भन्ने बिश्वासका साथ प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गर्‍यो अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहको बताउदै समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्नु हुनेछ भन्ने दिक्षित प्रहरी जवानरहरुबाट बिश्वाश गरिएको साथै वहाँले दिक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो ।

नौ महिनाको आधारभूत तालिम अवधी समाप्त गरी दिक्षित भएका ६ सय ७१ जना प्रहरी जवानहरुलाई उनिहरुको आ-आफ्नो कार्य क्षेत्रमा खटाईने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज