Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अमेरिकाको टेक्सासमा लागु भयो गर्भपतनसम्बन्धी कडा कानुन

Author Avatar साझा न्यूज 2nd September 2021 , 12:15 PM
अमेरिकाको टेक्सासमा लागु भयो गर्भपतनसम्बन्धी कडा कानुन

अमेरिकाको टेक्सास राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन लागु भएको छ।

द न्युयोर्क टाइम्सका अनुसार उक्त कानुन रोक्न परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै निर्णय नगरेपछि बुधबारदेखि

कानुन लागु भएको हो।

रिपब्लिकन गभर्नर भएको टेक्सास राज्यको संसदबाट पारित उक्त कानुनअनुसार छ सातापछिको गर्भपतनलाई प्रतिबन्ध लगाइएको छ। आमाको पेटभित्र रहेको भ्रुणमा मुटुको चाल सुरू भएपछि गर्भपतन गर्न नपाइने कानुनको मुख्य प्रावधान हो। छ साताको आसपासमा भ्रुणमा मुटुको चाल सुरू हुने डाक्टरहरू बताउँछन्।

टेक्सासको कानुनमा भएको छ साताको म्यादमा धेरै महिलाहरूले आफू गर्भवती भएको नै थाहा नपाउने भन्दै उक्त कानुन कार्यान्वयन नगर्न आदेश माग्दै सर्वोच्च अदालतमा मुद्दा हालिएको थियो।

अमेरिकाभरिकै गर्भपतनसम्बन्धी सबैभन्दा कडा कानुन रोक्न सर्वोच्चले आदेश दिने अपेक्षा गरिएको थियो। अदालतले आदेश नदिएपछि यसअघि नै गभर्नरले हस्ताक्षर गरिसकेको कानुन बुधबारदेखि लागु भएको हो। यो विषयमा अदालतले अझै पनि आफ्नो आदेश सुनाउन सक्ने विकल्प भने बाँकी छ।

गर्भपतनका विषयमा अमेरिकी समाजमा ठूलो बहस छ। एकातिर भ्रुणमा मुटुको चाल आइसकेपछि गर्भपतन गर्न नहुने तर्क गर्नेहरू छन् भने अर्कातिर प्रजनन महिलाको अधिकारको विषय भएकाले गर्भपतन स्वेच्छिक हुनु पर्ने तर्क गर्नेहरू छन्।

यसअघि  जर्जिया, मिसिसिपी, केन्टुकी र ओहायो राज्यले पनि अल्ट्रासाउन्ड गर्दा मुटुको धड्कन पत्ता लाग्यो भने गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए। तर अदालतले ती कानुनको कार्यान्वयन रोकिदिएको थियो।

टेक्सासको कानुनले बलात्कार र हाडनाता सम्बन्धबाट बच्चा बस्दा पनि गर्भपतन गर्न पाउने छुट दिएको छैन। गर्भपतन नगरे आमाको ज्यानमा खतरा हुने अवस्थामा भने गर्भपतन गर्न पाइने कानुनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज