कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले अवैध तरीकाले ल्याएका ८ वटा भैँसीका पाडाहरु नियन्त्रणमा लिएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ बाट ती पाडाहरु नियन्त्रणमा लिएको हो ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु २ च २४५३ नम्बरको बलेरो जिपलाई चेकजांच गर्दा ८ वटा भैँसीका पाडाहरु फेला पारेको प्रहरी जनाएको छ ।
नियन्त्रणमा लिएको भैँसीको पाडा, गाडी र चालकसहितलाई आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
















































