नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सम्पुर्ण जिल्लाका आफ्ना निर्वाचन कार्य समितिलाई अनुशासन निर्देशक पत्र पठाएको छ।
स्थानीय तह प्रदेश प्रतिनिधि सभा २०७४ को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्धारा तोकिएको समय सिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएको भए त्यस्ता वागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ ( संशोधीत र परिमार्जीत ) को धारा ४ ९ ( ११ ) ( ख ) अनुसार स्वतः निश्कासीत हुने व्यवस्था भएको वमोजिम नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मिति २०७४ असार ७ मा निर्णय भएको र सोही व्यवस्था नेपाली काग्रेसको विधान २०७४ ( संशोधित सहीत को धारा ३४ समेत उल्लेख भएको हुदा त्यस्ता व्यक्तिहरु १४ औ महाधिवेशनमा मतदाता नामावलीमा नाम समावेश हुन गएको खण्डमा र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिवाट कारवाहीको अन्तिम निर्णय भई बसेका व्यक्तिहरु समेतको नाम क्रियाशिल सदस्य ( मतदाता नामावलीमा समावेश हुन गएको खण्डमा ति नामहरु मतदाता नामावली सूचीवाट अनिवार्य रुपमा हटाउनु हुन अनुरोध छ ।
















































