Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मोरङमा क्रियाशील सदस्यता नआउँदा रोकियो कांग्रेसको वडा अधिवेशन

Author Avatar साझा न्यूज 3rd September 2021 , 10:59 AM
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

-सुमन सुस्केरा, विराटनगर 

नेपाली कांग्रेसको क्रियाशील सदस्यताता टुंगो नलाग्दा मोरङमा कांग्रेसको वडाको नेतृत्व छान्नको लागि हुने भनिएको निर्वाचन हुन सकेन । मोरङमा क्रियाशील सदस्यता नआएको कारण चुनाव हुन नसकेको नेपाली कांग्रेस मोरङले जनाएको छ ।

मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ र निर्वाचन क्षेत्र नम्बर ४ मा देखिएको सामान्य विवादका कारण क्रियाशील नआएको हो । आज वडाको अधिवेशन हुने भनेर तय गरिएको भएपनि अन्य जिल्लामा क्रियाशील सदस्यता विवाद मिलेका जिल्लाहरुमा वडाको नेतृत्वको लागि चुनाव भएपनि मोरङमा स्थगित भएको छ ।

मोरङ जिल्लामा सामान्य विवादहरु रहेकोमा हल हुन नसकेको कारण देखाउँदै क्रियाशील नआउँदा आज हुने भनिएको वडाको निर्वाचन हुन नसकेको नेपाली कांग्रेस मोरङका सभापति मोदराज घिमिरेले जानकारी दिए ।

केन्द्रबाट आगामी भदौ २० गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली आएमा २८ गतेसम्ममा वडाको निर्वाचन हुनसक्ने घिमिरेले बताए । ‘अहिले तत्काल कार्यतालिका अनुसार निर्वाचन हुन नसक्दा अन्यौलता देखिएको छ,’ उनले भने, ‘यो लामो समयसम्म रहन सक्ने देखिन्न संभवत् २० गतेसम्ममा नामावली आयो भने २८ गतेसम्ममा वडाको अधिवेशन गर्न सक्छौँ ।’

बिचमा परेको चाडपर्व का कारण केही ढिला हुनसक्ने पनि उनले संकेत गरे ।  नेपाली कांग्रेस मोरङले नवीकरण गर्नुपर्ने १६ हजार २ सय ७७ र नयाँ क्रियाशील सदस्यताको लागि १४  हजार २ सय ५५ जनाको नामावली पठाएको थियो । मोरङमा कुल ३० हजार ५ सय ३२ जनाको अहिले लिस्टमा रहेको छ । अहिले भएको नामावलीमा केन्द्रको निर्णय आउँदासम्म केही हेरफेर हुनसक्ने भएको कारण अहिलेको तथ्यांकमा तलमाथि पर्नसक्ने जनाइएको छ ।

सभापतिमा को ?
नेपाली कांग्रेसको मोरङ सभापतिमा ५ जनाले दाबी गर्दै आएका छन् । चुनावमा दुई पक्षीय देखिने भएपनि अहिलेसम्म ५ जनाले सभापतिमा दाबी गर्दै आएका छन् ।  दाबी गर्दै आएकामा अहिलेका सभापति डिकबहादुर लिम्बु सहित दिलीप गच्छदार, गोपालमान सिंह, यदुकुमार बिष्ट र मदन संग्रौलाले सभापतिमा दाबी गर्दै आएका छन् ।

प्रदेशको राजधानी भएकोले पनि यहाँको सभापतिमा जोडबल गर्नेको संख्या धेरै देखिएको हो । अहिलेसम्मको अवस्थालाई हेर्दा जिल्ला सभातिमा दुईजना संभावित दाबेदार बिच चुनावी प्रतिस्पर्धा हुने दाबी कांग्रेसजनको छ । संस्थापन शेरबहादुर देउवाको समूहबाट दिलीप गच्छदार र  पौडेल र कोइराला पक्षबाट डिकबहादुर लिम्बुको संभावना बलियो देखिएको छ ।

उपभापतिमा पनि सर्वसम्मतको संभावना कमजोर देखिएको छ। उपसभापतिको दाबी प्रस्तुत गर्दै आएकाहरुमा  भक्तिनाथ माझी, मोदराज घिमिरे, नागेश कोईराला, गोपाल बहादुर थापा र सुबोध कुमारसिंहको चर्चामा छ । त्यस्तै सचिवमा शिव ढकाल, ललित श्रेष्ठ, सत्यनारायण माझी र बाबुराजा कोइरालाको पनि नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज