-राम बिकास चौधरी, लुम्बिनी
रुपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार पनि लोकतान्त्रिक समाजवादी पार्टी रोजेकी छन् ।
यसअघि गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले रोजेको लोसपामा कलवार सहित ७ जना जनप्रतिनिधिले आइतबार जिल्ला निर्वाचन कार्यालय भैरहवा पुगेर दल रोजेका हुन् ।
दल विभाजनसम्बन्धी नयाँ अध्यादेश आएपछि जनता समाजवादी पार्टी विभाजन भई महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएपछि बिहीबार अध्यक्ष बनिया सँग ४ तथा आइतबार उपाध्यक्ष कलवारको नेतृत्वमा ७ गरि मर्चवारी गाउँपालिकाबाट एघारजना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय भैरहवा पुगेर दल रोजेका छन ।
निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा दुइ दिनमात्र बाँकी रहँदा उपाध्यक्ष कलवारसंगै वडाध्यक्ष मातिबर कोहार, जिल्ला समन्वय समिति रूपन्देहीका सदस्य छोटे प्रसाद हरिजन, गाउँ कार्यपालिका सदस्य निशा हरिजन, सुनिता हरिजन वडा सदस्य साधुशरन यादव जगदीस चौधरीले पनि लोकतान्त्रिक समाजवादी पार्टी रोज्दै निर्वाचन कार्यालयमा सनाखत गरेको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जानएका छन।
आइतबार २० गते लोसपा रोजेकी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार सहितका जनप्रतिनिध तत्कालीन मधेशी जनाधिकार फोरमबाट निर्वाचन जितेका थिए । गाउपालिका अध्यक्ष केशव बनिया सहित ४ जनाले पहिलै लोसपा रोजीसकेको बताउदै उपाध्यक्ष कलवारले गाउँपालिकाका अन्य केही जनप्रतिनिधिहरु पनि दुइ दिनभित्र लोसपा रोज्ने दाबी गरेकी छन ।
नेपाल सरकारले राजनैतिक दल फुटाउने सम्बन्धि हालै ल्याएको अध्यादेश पछि नेकपा एमाले फुटेर नेकपा (एकिकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । सोही अनुसार नै यहि भदौ २२ गते कार्यालय समयभित्रको समय दिएर नयाँ दर्ता भएको दल रोज्न चाहने जनप्रतिनिधिको हकमा निर्वाचन कार्यालयमा पुगी सनाखत गर्ने समयसीमा तय भएको छ ।

निर्बाचन आयोगका अनुसार प्रदेश सांसदको हकमा प्रदेशका निर्वाचन कार्यालय र जिल्लाको हकमा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधि आफै पुगेर सनाखत गर्नु पर्ने हुन्छ । सनाखत गर्न नेपाली नागरिकताको प्रमाण पत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वा सम्बन्धित स्थानिय तहको प्रमाणित परिचय पत्र अनिवार्य रहेको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जनाकारी दिए ।
उनले भदौ २२ गते कार्यालय समय भित्र सनाखतको अन्तिम समयावधि तोकेको र अहिले सम्म लोकतान्त्रिक समाजवादी पार्टीको लागी मात्र सनाखत गर्न आएको बताए । नेकपा एमाले फुटेर बनेको अर्को दल नेकपा (एकिकृत समाजवादी) पार्टीका तर्फबाट अहिले सम्म कोही पनि सनाखतको लागी कार्यालयमा नआएको भण्डारीले बताए ।
















































