नवलपरासी, २६ भदौ÷ लुम्विनी प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री अजय शाहीले उद्योगी, ब्यबसायीहरुका समस्या प्रति आफु गम्भिर भएको बताउनुभएको छ ।
उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी सम्मालेपछि पहिलो पटक गृह जिल्ला आउनुभएको मन्त्री शाहीले उद्योगी ब्यापारीहरु संगको छलफलमा कोभिड –१९को असहज परिस्थितका कारण मारमा परेका उद्योगी ब्यबसायीहरुलाई समस्या समाधानका लागी प्रदेश सरकार कटिबद्ध रहेको जकिर गर्नुभयो ।

प्रचार मुखी नभएर परिणाममुखी योजना ल्याउने बताउंदै उद्योगी ब्यबसायीहरुलाई उचित वातावरण तयार गरी लगानीका लागि प्रोत्साहन गरिने समेत मन्त्री शाहीले बताउनुभयो । कार्यक्रममा बोल्दै आफुले समालेको मन्त्रालय भर्खरै स्थापना भएको मन्त्रालय भएकोले सबैकुरा अध्ययन गरेर उद्योगी ब्यवसायीहरुको हक हितको पक्षमा प्रदेश सरकारले योजना ल्याउ लागेको बताउनुभयो ।

मन्त्री शाही मन्त्रालयको जिम्मेवारी सम्मालेपछि पहिलो पटक जिल्ला आएका कारण जिल्लाका विभिन्न स्थानमा भव्य स्वागत गरिएको थियो । सो क्रममा मन्त्री शाहीले जिल्लामा देखिएको उखु किसानको समस्या समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । जिल्लाको बर्दघाट , प्रतापपुर , लगायतका विभिन्न स्थानमा मन्त्री शाहीलाई स्वागत गरेका थिए ।

















































