काठमाडौं, २७ भदौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदले आज (आइतबार) पनि संसद वैठकमा अवरोध गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले ‘संसद्को कारबाही प्रारम्भ हुन्छ’ नभन्दै उनीहरू संसद्को बेलमा पुगेका थिए । उनीहरूले सभामुखले ‘प्रतिनिधिसभाको आजको कारबाही शुरु हुन्छ’ भन्ना साथ बेलबाट नाराबाजी शुरु गरेका हुन् ।
गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरे पनि आजको बैठकमा भने संयमित हुने भएका छन् ।
प्रतिनिधिसभा बैठक अघि बसेको एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए । उनले निश्चित र मर्यादित नारा लगाउन मात्र निर्देशन दिएका थिए ।
















































