साझा न्यूज । तौलिहवा
राष्ट्रिय बाल दिवसका अवसरमा बुद्धभुमि नगरपालिकाद्वारा बालगृहका बालबालिकाहरुको लागि विभिन्न खाद्य सामाग्री सहयोग गरेको छ । उक्त खाद्य सामाग्री बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले नेपाल बाल संगठनका सभापति गोपालमणि ज्ञवालीलाई हस्तन्तरण गरेका थिए ।
सो अवसरमा बाल्दै प्रमुख जिल्ला अधिकारी चक्रापाणि पाण्डेले बुद्धभुमी नगरपालिकाको यो सहयोगले कपिलवस्तु बालगृह संचालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आफू बिस्वस्त रहेको बताए ।
नगर प्रमुख श्रेष्ठले बुद्धभुमी नगरपालिकाले बिगतका बर्षहरूमा पनि आर्थिक अनुदान उपलब्ध गराउंदै आएको र यस बर्ष पनि बालबालिकालाई लक्षित गरि खाद्यान्न सहयोग गरिएको बताए । आफुले यसरी अत्यन्त आवश्यकीय ठाउंमा सहयोग गर्न पाउँदा खुसि लागेको र नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि बालगृहका लागि सक्दो सहयोग उनले बताए ।
सभापति ज्ञवालीले यस सहयोगले हामीलाई हौसला मिलेको र आगामी दिनमा पनि यस प्रकारका सहयोगहरू प्राप्त हुनेछ भन्ने आशा गरेको बताए । कार्यक्रममा प्रहरी उपरिक्षक दान बहादुर कार्की, बालगृहका प्रमुख रामप्रसाद अर्याल, सदस्य धिरज कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।
















































