Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आगामी चैतभित्र नेपालमा उत्पादित बिजुली बंगलादेश पु-याउने तयारी

Author Avatar साझा न्यूज 15th September 2021 , 3:38 PM
आगामी चैतभित्र नेपालमा उत्पादित बिजुली बंगलादेश पु-याउने तयारी

काठमाडौं, भदौ ३० गते । राष्ट्रिय प्रशारण लाइनमा जोडिएको नेपालको विद्युत मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत विक्रीका लागि प्रक्रिया अघि बढाएको छ । यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ । विद्युतको माग भने बढीमा १५ सय मेगावाट मात्र रहेकाले बाँकी रहेका ४५३ मेगावाट विद्युत वंगलादेश र भारतलाई विक्रीको प्रक्रिया अघि बढाएको हो ।

माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट उत्पादन र सोलारबाट १५ मेगावाट उत्पादन थप भएपछि हाल राष्ट्रिय प्रशारण लाइन १९५३ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणको तथ्याङक छ । मंगलबार सम्पन्न नेपाल–बंगलादेशबीचको ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटिको बैठक नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा बंगलादेशको विद्युत उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हविबुर रहमानको सहअध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा भारतीय एवं नेपाली पूर्वधारको प्रयोग गर्ने विषयमा छलफल सकारात्मक भएकाले २०७८ चैत भित्र बंगलादेशमा विद्युत पु¥याउने लक्ष मन्त्रालयले राखेको उर्जा, जलस्रोत तथा सिचाँई मन्त्रालय प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

बंगलादेशले तत्काल २०० मेगावाट विद्युत खरिद गर्ने भने पनि सन् २०४१ सम्ममा ९०० मेगावाट विद्युत खरिद गर्ने लक्ष राखेको प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । हामीले चैतसम्ममा २०० मेगावाट विद्युत वंगलादेश पु¥याउने प्रक्रिया अघि बढाएका छौ । बैंठकको निर्णयसँगै पहिलो चरणमा नेपाल बंगलादेशबीच प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय बैठकमार्फत सहमति जुटाई डेडिकेटेड अन्तरदेशीय प्रशारण लाइन विस्तारको काम अगाडि बढाइने मन्त्रालयको तयारी छ ।

नेपाल–भारत दुवै पक्षले समीकरण जरुरी ठानेसँगै भारतले क्रस बोर्डर गाइडलाइन बनाउन शुरु गरिसकेको मन्त्रालयले जनाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांलखाडीको प्रयास (विमिस्टेक), एक अर्कालाई सहयोग गर्ने गरी निर्माण भएको सार्कको अवधारणा समेतमा सहमति भएकाले विद्युत विस्तार लाइनमा भारतले सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ । सन् २०१५ देखि नेपाल–भारत बैठक बस्दैआएको र विभिन्न चरणमा नेपालको स्रोत अन्य देशलाई विक्री गर्ने विषयमा भारतसँग छलफल भएर समझदारी भइसकेको समेत प्रवक्ता भेटुवालले जानकारी दिनुभयो ।

नेपाल–वंगलादेशवीच उर्जा क्षेत्रमा आपसी सहयोग गर्नेबारे २०७५ साउन २५ गते साझेदारीपत्रमा हस्ताक्षर भएको थियो । मंगलबार सम्पन्न बैठकले नेपाल र बंगलादेशबीच विद्युत व्यापार, नेपालको जलविद्युत विकासमा बंगलादेशको सरकारी तथा निजी लगानी, नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन, माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युतको खरिदका लागि भएको प्रगतिबारे छलफल भएको मन्त्रालयका प्रवक्ता भेटुवालले जानकारी दिनुभयो ।

बैठकले भदौ २८ गते सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रुपको बैठक सचिवस्तरीय बैठककालागि सिफारिस गरेका विषयहरु अनुमोदन समेत गरेको थियो । नेपाल र बंगलादेशबीच विद्युत व्यापारको आवश्यक तयारीका लागि नेपालको तर्फबाट नेपाल विद्युत प्राधिकरण र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी बैठकले दिएको छ । जलविद्युत क्षेत्रमा सहकार्यको लागि नेपालबाट प्रस्तावित सम्भावित पाँचवटा जलविद्युत आयोजनाहरुमध्ये पहिलो चरणमा सुनकोशी–३ जलासय आयोजना (६८३ मेगा) त्यसपछि खिम्ती सिवालय (६०० मेगा) जलविद्युत आयोजना अगाडि बढाउने सहमति भएको छ ।

भारत र बंगलादेशमा नेपालको अवस्थाभन्दा ठीक विपरीत विद्युतको माग हुनेगरेकाले विद्युत आदान प्रदानमा सहज हुनेभएको छ । नेपालमा वर्षायाममा विद्युत उत्पादन बढी हुने र भारत र बंगलादेशमा माग बढी हुने गर्छ । हिउँमा भारत र बंगलादेशमा माग कम हुने र नेपालमा उत्पादन कम हुनेगर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज