Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

Author Avatar साझा न्यूज 17th September 2021 , 1:06 PM
खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

तनहुँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट  पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार विहान ९ बजदेखि नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो ।

पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज पूर्णजित पुन ‘उभार’ले बताए । राष्ट्रिय राजनीतिबारे पनि छलफल चल्ने उनको भनाइ छ । ‘राष्ट्रिय राजनीतिमा अहिले संकट पैदा भएको छ । यसको समाधानका निम्ति हामी क्रान्तिकारी पार्टीको हैसियतले कसरी अगाडि बढ्ने सन्दर्भमा छलफल चल्नेछ’, उनले भने ।

राज्यसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको बिषयमा पनि केन्द्रीय समितिले छलफल गर्ने जनाइएको छ । ‘राज्यले इमान्दारीतापूर्वक तीन बुँदे सहमति कार्यान्वयन गरेको छैन । ढिलासुस्ती भइरहेको छ । हामीले ईमान्दारीता पूर्वक कार्यन्वयन गरिरहेका छौं । हामी प्रतिबद्ध पनि छौं । सरकारले हेलचक्रयाँई गरेको सन्दर्भमा हामी कसरी जाने भन्नेमा पनि छलफल गर्नेछौं,’ पुनले भने ।  पार्टीको आन्तरिक कमिटीलाई कसरी सुदृढ पार्ने र व्यवस्थित पार्न बैठकले तय गर्ने उनको भनाइ छ ।

बैठक सकेपछि पत्रकार सम्मलेन गरेर निर्णय सार्वजनिक हुने उनले बताए । बन्दीपुरस्थित माउण्टेन रिसोर्टको हलमा सुरु केन्द्रीय समितिको बैठक ५ असोजसम्म जारी रहने पार्टीले जनाएको ।

तीन बुँदे सहमतिपछि २१ फागुन २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो । दुई बर्षदेखि लगाइएको प्रतिबन्ध मन्त्रिपरिषद् बैठकले फुकुवा गरेपछि विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा फर्किएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज