Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गायिका विष्णु माझीलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

Author Avatar साझा न्यूज 19th September 2021 , 12:01 PM
गायिका विष्णु माझीलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डौ । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ ।

संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् ।

गएको तीजमा उहाँले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेको भन्दै उहाँको खोजी समेत गरिएको छ ।

विवाहित चेलीको वेदना समेटिएको गीतमा तीजमा माइत जाने, आमाले पकाएको दर खाने चेलीको रहर, घरका दुःख, श्रीमानबाट पाउने यातना प्रस्तुत गरिएको छ । यो गीत उहाँकै श्रीमान सुन्दरमणि अधिकारीले नै लेख्नु भए पनि धेरैले यो गीत माझीकै जीवनमा आधारित रहेको अनुमान लगाएका छन्।

माझीलाई आफ्नै श्रीमानले बन्धकमा राखेको भन्ने हल्लासमेत चलेको छ तर यसको कुनै पुष्टि भएको छैन । माझी सार्वजनिक नहुनुको कारण रहस्यमा नै छ । साङ्गीतिक क्षेत्रमा सफल हुन थालेसँगै गायिका माझी सार्वजनिक जीवनमा हुनुहुन्न् ।

गीत रेकर्डिङ गर्दासमेत अनुहार छोपेर स्टुडियो जाने कुरा बाहिरिने गरेको छ । काठमाण्डौमै भए पनि गायिका विष्णु माझी इन्टरनेट र सामाजिक सञ्जालमा कतै भेटिनुहुन्न् । रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी माझी गीत गाउन स्टुडियो धाउनेबाहेक अन्य कुनै सार्वजनिक कार्यक्रममा जानुहुन्न् ।

उहाँ माइती घर समेत नजाने गरेको पाइएको छ । स्याङ्जाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु माझी परिवारकी जेठी छोरी हुनुहुन्छ । गायिका माझीको अवस्था सार्वजनिक गर्न दबाब बढे पछि केही समय अघि स्याङ्जामा रहेको उहाँको माइतीमा प्रहरी सोधपुछका लागि पुगेको थियो ।

यस अघि पनि यस्तै दबाब परे पछि प्रहरीले माझीलाई सोधपुछका लागि बोलाएको थियो । तर, उहाँले आफ्नै इच्छाले गुमनाम जीवन बाँचिरहेको बताए पछि यो विषय त्यसै सेलाएको थियो । यसपालिको तीजमा ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भए पछि फेरि उहाँ सार्वजनिक हुनु पर्ने कसरा उठिरहेको छ ।

यतिबेला सरकारले उहाँलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने घोषणा गरे पछि धेरैलाई उहाँ पदक लिन जानुहोला कि नजानु होला भन्ने जिज्ञासा लागेको छ । संविधान दिवसका अवसरमा सरकारले उहाँसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ ।

अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज