Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘सुखी नेपाली समृद्ध नेपाल’ : महंगी वृद्धिले नै बनायो सुखी ?

Author Avatar साझा न्यूज 25th November 2021 , 3:15 PM
‘सुखी नेपाली समृद्ध नेपाल’ : महंगी वृद्धिले नै बनायो सुखी ?

–रिदेन महर्जन 

के महंगी बृद्धिले जनताको जीवनस्तर माथि उकासिन्छ ? पक्कै पनि जनताको जीवनस्तर माथि उकासिदैन, अहिले सम्पूर्ण नेपाली जनताको चिन्ता र चासोको विषय बनेको छ महंगी बृद्धि । कसरी धान्ने जीवन ? सामान्य रुपमा हेर्दा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको  छ । गरिब जनताले पेट्रोल, डिजेल किन्नु पर्दैन, त्यसैले सर्वसाधारणलाई पेट्रोल, डिजेलको मुल्यबृद्धिले फरक नपर्ने जस्तो देखिन्छ । तर अहिले पेट्रोलियम पदार्थको मुल्यबृद्धिले गर्दा सबै उपभोग्यबस्तुको मूल्यबृद्धि भएको छ ।  महंगीले गर्दा दैनिक पेट पाल्ने ज्याला मजदुरी गर्ने श्रमिकबर्ग हातमुख जोड्न समेत धौ—धौ भइरहेको छ । यसमा सरकारले कहिले ध्यान पु¥याउने । सरकारको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ बतासे नारा जस्तै बनिसकेको छ । जनताले धान्नै नसक्ने गरी मूल्यबृद्धि गरेर सुखी नेपाली हुन्छन् ?

नेपालमा नेपाली जनतालाई सुखी बनाउने हो भने आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक हुन्छ । त्यसका निम्ति नेपालको विकासको पूर्वाधार जलसम्पदाको सदुपयोग तर्पm सरकारको ध्यान आकर्षित हुनुपर्छ । जलसम्पदाको सदुपयोग नै नेपालको समृद्धि हो । नेपालको समृद्धिबाटै नेपाली जनता सुखी बन्ने हुन् । तर सरकारको गन्तव्य यसतर्पm देखिदैन ।

बास्तवमा भन्ने हो भने महंगीले देश र जनताको  हित गर्दैन  । यसले केवल लुटेरा व्यापारीहरुको हित गर्छ । लूटतन्त्र, आतंक, कालाबजारी, भष्ट्राचारलगायतका बिकृतिहरुलाई संरक्षण गर्ने महंगीबृद्धिले देशको उन्नति हुन सक्दैन । महंगीबृद्धिलाई सरकारले आफ्नो नियन्त्रणमा राख्न प्रयास गर्नुपर्छ । त्यसको निम्ति पनि आत्मनिर्भर अर्थतन्त्र आवश्यक हुन्छ ।

योगगुरुको आवरणमा नेपाल पसेका भारतीय विवादास्पद ‘योगगुरु’ राम देवले ल्याएको प्रस्तावलाई सरकारले समर्थन जनाई नेपाली भूमि निःशुल्क रुपमा उपल्ध गराउने भएको छ । यो चर्चाले नेपाली जनताको सुखी बन्ने सपना तुसारापात भएको छ । सरकारले जल, जंगल र जमिनमुनीको खनिज पदार्थ सबै विदेशीहरुलाई लुटाउने काम गरिरहेको छ । नेपालको विकासको पूर्वाधार के हो ? विदेशीको आशा गर्नु बाहेक अरु केही बाँकी नरहनेगरी नेपाललाई सरकारले कंगाल बनाउने काम गरिरहेको छ ।

महंगीको समस्या समाधानतर्पm ध्यान नदिई नेपालको जग्गा विदेशी व्यापारीलाई दान दिन किन लालयित भयो पाँचदलको सरकार ? यसको जवाफ तीन करोड नेपाली जनताले पाँचदलका नेताहरुबाट खोज्ने छन् ।

आगामी चैत महिनामा  स्थानिय चुनाव हुँदैछ,  जनतामा चौतर्फी बितृष्णा छाएको छ । आखिर भोट कस्को लागि ? के भोट दिएर जनताको जीवनस्तर माथि उकासिन्छ ? कुन दलको कुन नेताले बिजय हासिल गरेपछि महंगी  नियन्त्रण हुन्छ ? आशा गर्ने ठाउँ छैन । निर्वाचनपछि थप मूल्यबृद्धि हुने निश्चित  छ ।

यसैसिलसिलामा महंगीको विरोधमा अखिल क्रान्तिकारीको आर.आर.क्याम्पस कमिटीले गत आइतबार सडकमै दाउराको आगो बालेर भात र गुन्द्रुक पकाएर नयाँ तरिकाको विरोध गरेको छ । यो विरोध सांकेतिक विरोध हो ।  जनतालाई चौतर्फी मूल्य वृद्धिका कारण चुलो बाल्न अफ्ठ्यारो भएको भन्दै दैनिक उपभोग्य बस्तु जनताको पहुँच भन्दा बाहिर गएको देखाउन खोजिएको यो सडकमा भात पकाउने अभियान सरकारको निम्ति ठूलो  खबरदारी हो । अखिल क्रान्तिकारीका आर.आर.क्याम्पस कमिटी अध्यक्ष शिशिर बश्यालले  हामीले नेताहरुलाई सजग गराएको मात्र हो भन्दै   सम्पुर्ण दैनिक उपभोग तथा अत्याआवश्यक वस्तुमा विधार्थीलाई सहजता दिने गरी सरकारले व्यवस्था गरोस् भन्ने दबाब मात्र हो ।   तसर्थ महंगी नियन्त्रणमा ढिलाई नगरौं, मंहगीको विरुद्धमा उत्रिएको जनताको मन शान्त पार्न उपाय अपनाऔं, बिलम्ब नगरौं, आयाल निगम घेरेका नेपाली जनताले सिंह दरवार र बालुवाटार पनि घेर्न सक्छन्, सरकार  समयमै सचेत बन्न जरुरी छ । -जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज