काठमाडौं । सिभिल सहकारीको ठगीसम्बन्धि मुद्दामा व्यापारी तथा पूर्व सांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो ।
सहकारीको पैसा आफ्ना कम्पनीमा लगाएर निक्षेपकर्तालाई फिर्ता नगरी उनले ठगी गरेका हुन् । साढे पाँच अर्ब रुपैयाँ ठगीको अभियोग उनीमाथि छ ।
















































