Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कारागारभित्रै लागुऔषध कारोबारको ‘सेटिङ’, कर्मचारीसहित १७ जना पक्राउ

Author Avatar साझा न्यूज 4th January 2022 , 8:02 PM
कारागारभित्रै लागुऔषध कारोबारको ‘सेटिङ’, कर्मचारीसहित १७ जना पक्राउ

काठमाडौं । कारागारका कर्मचारी र जेलभित्रैका बन्दीको मिलेमतोमा लागूऔषध कारोबार हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले हालै लागुऔषध कारोबार गर्ने १७ जनालाई पक्राउ गरेपछिको अनुसन्धानमा लागू औषध कारोबार हुने गरेको खुलेको हो । ब्युरोले राजधानीका विभिन्न स्थानबाट ३ समूहमा ७ हजार एम्पुल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक हृदय थापाले जानकारी दिए ।

कारोबारीहरुले बढी पैसा कमाउन महँगो लागुऔषध फेनारगनको एम्पुलमा नुर्फिननको लेबल टासेर बिक्री गर्ने गरेको समेत अनुसन्धानमा खुलासा भएको छ । यस्तो गर्दा मात्रा बढी हुनगई लागू पदार्थ सेवनकर्ताको तत्कालै मृत्यु समेत हुन सक्ने जोखिम रहेको ब्युरो प्रमुख थापा बताउँछन् ।
भारतबाट ८० रुपैयाँमा खरिद गरेर ल्याइने लागुऔषध विभिन्न तह पार गर्दै प्रयोगकर्ताको हातमा पुग्दा १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको पनि पाइएको छ । ३ वटा समुहबाट बरामद लागू औषध बजार मूल्य अनुसार २३ लाख बराबरको रहेको ब्युरोले जनाएको छ ।

लागू औषधकै मुद्दामा दोषी ठहर भएर सिन्धुली कारागारमा रहँदै आएका भारतीय नागरिक गुड्डु गुप्ताको योजनामा जेलभित्रैबाट लागू ओषधको धन्दा चल्दै आएको र उनको नेतृत्वमा ८ जनाको संलग्नता रहेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । संलग्न रहेका भनिएका ८ जनामध्ये एक जना सिन्धुली जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी समेत रहेको पुष्टि भएको हो ।

त्यहाँ कार्यरत रिता सारु मगर नै कारागारभित्र लागु औषध कारोबार गराउने भूमिकामा रहेको व्युरोले जनाएको छ । सोही कारागारमा कैद भुक्तान गरिरहेका सन्तोष स्याङ्तानको पनि यसमा संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनी जिल्ला कारागारका टेलिफोन नाइके समेत हुन् । गुड्डु गुप्ताको योजनामा उनीहरुले अवैध कारोबार गरिरहेको प्रहरीको दावी छ । गुड्डु २०६८ सालमा लागू औषधसहित पक्राउ परेका थिए । उनलाई २०६९ सालमा १८ वर्ष जेल सजाय तोकिएको थियो ।

त्यसैअनुसार कैद भुक्तान गरिरहेका उनी जेलभित्रैबाट कारोबार हाँकिरहेको पाइएको छ । टेलिफोन नाइके रहेका सन्तोषलाई पनि ५ वर्ष कैद सुनाइएको थियो । गुड्डु र सन्तोष दुवैलाई सिन्धुली कारागारबाट रौतहट कारागार पठाइएको छ । जेलभित्र रहेको यस गिरोहले भारतबाट नेपालसम्म लागू औषध ल्याउने सञ्जाल नै खडा गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज