-लोकनारायण सुवेदी
असल पुराना असल नया जोडे बन्छ नयाँ नेपाल
गलत पुराना गलत नया छोडे बन्छ नयाँ नेपाल
भ्रष्ट प्रबृत्ति र भ्रष्ट सोच तोडे बन्छ नयाँ नेपाल
औसरबादीहरुको गलत बाटो छोडे बन्छ नयाँ नेपाल
गौरबशाली सँस्कृति आफ्नो खोजे बन्छ नयाँ नेपाल
पूर्खाहरुको सार्थक जीवन रोजे बन्छ नयाँ नेपाल
अन्धबिश्वास,कुरीतिहरु सब त्यागे बन्छ नयाँ नेपाल
साँच्चै बैज्ञानिकहरुको बाटो लागे बन्छ नयाँ नेपाल
शोषण उत्पीडनका किल्ला तोडे बन्छ नयाँ नेपाल
अमानबीय भेदभावहरु सब छोडे बन्छ नयाँ नेपाल
देश र जनताप्रतिको निष्ठा, राखे बन्छ नयाँ नेपाल
संकीर्ण आफ्ना स्वार्थहरु सब त्यागे बन्छ नयाँ नेपाल
त्याग समर्पण भाव जगाए किन बन्दैन नयाँ नेपाल ?
साच्चै बुद्धी बिवेक लगाए किन बन्दैन नयाँ नेपाल ?
सबल बनाए जन एकता किन बन्दैन नया नेपाल ?
ज्ञान, सीप, जाँगर जोश लगाए किन बन्दैन नयाँ नेपाल ?
















































