Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक, पुनः राखियो भेन्टिलेटरमा

Author Avatar साझा न्यूज 5th February 2022 , 7:31 PM
लता मंगेशकरको अवस्थाबारे अस्पतालले जारी गर्यो नयाँ जानकारी

बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन्,’ उनले भने ।

लता गत महिनाको सुरुमै कोरोना संक्रमित भएकी थिइन् । त्यसपछि उनलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा बिस्तारै सुधार भइरहेको बताएका थिए । त्यही कारण उनलाई दुई दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो ।

केही दिनअघि उनका फ्यानले भगवान रामको जन्मभूमि अयोध्यामा लताको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युञ्जय मन्त्र जप गरेका थिए । यसअघि उनको परिवारले नै भगवान शिवको पुजा गरेका थिए ।

लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन् । तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन् । उनले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाइसकेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज