Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमसिसी नेपाल र नेपालीको पक्षमा छ : एमाले नेता भट्टराई

Author Avatar साझा न्यूज 26th February 2022 , 7:24 PM
एमसिसी नेपाल र नेपालीको पक्षमा छ : एमाले नेता भट्टराई

नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा. राजन भट्टराईले अमेरिकी परियोजना एमसिसी नेपाल र नेपालीको पक्षमा भएको बताएका छन् । नेपाल बुद्धिजिवी परिषद् बाँकेको आठौँ अधिवेशनमा एमाले नेता भट्टराईले एमसिसीले नेपालको विकासमा दीर्घकालिन प्रभाव पार्ने धारणा राखे । उनले भने, ‘अहिले नेपालमा पुँजी र टेक्नोलोजी भित्र्याउनु पर्ने बेला छ । एमसिसी प्रोजेक्टले नेपालमा यी दुवै क्षेत्र भित्र्याउन सहयोग गर्ने विश्वास छ ।’

उनले अन्य देशले दिने परियोजनामा पनि विभिन्न प्रावधान र सर्त राख्ने गरेको बताउँदै एमसिसीमा राखिएको प्रावधान र सर्त अस्वभाविक नभएको दाबी गरे । अमेरिकाले आफ्नो लगानी सुरक्षित बनाउन सम्झौतामा विभिन्न सर्त र प्रावधान राखेको उनको भनाइ थियो । विकाशील देशमा स्थायी सरकार नहुने भएकोले अमेरिकी सरकारले रकम सहि सदुपयोग होस् भन्नका लागि संसदबाट अनुमोदन खोजेको उनले बताए । ‘एमसिसी प्रोजेक्ट ५ बर्षका लागि हो । विकासिल देशमा सरकार छिटोछिटो परिवर्तन हुने भएकोले अमेरिकाले आफूले दिएको रकम तोकिएको समयमा खर्च होस् र सहि कार्यान्वयन होस् भन्नका लागि संसदबाट अनुमोदन खोजेको हो,’ उनले भने, ‘अरु प्रोजेक्ट जस्तै यसमा पनि संसदबाट अनुमोदन गराउनु पर्ने प्रावधान नराख्न पनि सकिन्थ्यो ।’

राजनीतिक अस्थिरताका कारण गौरवका योजनाहरु तोकिएको समयमा सम्पन्न नभएकोले आफ्नो लगानी डुब्ने खतरा देखेर अमेरिकाले नेपालसँग प्रतिवद्धता मागेको उनको भनाई छ । ‘पाँच बर्षभित्र खर्च हुन नसकेको रकम अमेरिकाले फिर्ता लैजाने प्रावधान एमसिसीको सम्झौतामा उल्लेख छ,’ उनले भने । उनले नेपालको विद्युतिकरण र सडक निर्माणमा एमसिसी केन्द्रित रहने बताए । नेपालमा उत्पादन भएको विद्युत भारतसँग विक्रि गर्न विधुतिकरणमा खर्च गर्न लागिएको बताउँदै परराष्ट्र मामिला विज्ञ समेत रहेका डा. भट्टराईले अमेरिकाले नेपालमा उच्चस्तरको नमुना सडक निर्माण गर्न खोजेको जिकिर गरे ।

उनले एमसिसीमा इन्डो–प्यासिफिकको कुरा कहिँकतै उल्लेख नभएको बताए । उनले एमसिसीले सम्झौतामा उल्लेख भएका कुरा बाहेक अन्य कुनै काम गर्न नपाउने तर्क गरे । ‘एमसिसी लागू भएपछि अमेरिकन सेना आउँछन्, अमेरिकाको कानुन लागु हुन्छ, नेपालमा भएका यूरेनियम तथा अन्य खनिज पदार्थ झिकेर लैजान्छ भन्ने कुरामा कुनै सत्यता छैन,’ उनले भने, ‘तोकिएको ठाउँ बाहेक अन्यत्र जाने अधिकार समेत एमसिसी प्रोजेक्टलाई छैन ।’

नेता भट्टराईले एमसिसी प्रोजक्टका लागि नेपालमा मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) को कार्यालय स्थापना भई संचालनमा रहेको बताए । एमसिसी प्राजेक्ट चित्त नबुझे वा यसले गलत क्रियाकलाप गरेको पाइए यसलाई नेपालले खारेज गर्न सक्ने ब्यवस्था भएको पनि उनले बताए । ‘एमसिसी चाहिन्न भन्ने नेपाललाई लाग्यो भने एक महिनाको सूचना दिएर फिर्ता पठाउन सकिने प्रावधान पनि एमसिसी सम्झौतामा उल्लेख छ,’ उनले भने ।

भट्टराईले नेपालका सवै पूर्वप्रधानमन्त्रीहरुले एमसिसीलाई स्विकार गरेको नेता भट्टराईको भनाइ छ । उनले झलनाथ खनालको नेतृत्वमा रहेको तत्कालिन सरकारका अर्थमन्त्री भरतमोहन अधिकारी अमेरिका गएको बेला एमसिसीको सम्झौतामा हस्ताक्षर गरेको बताए । ‘नेपालका सवै प्रधानमन्त्रीले एससिसीलाई स्विकार गरेको देखिन्छ,’ उनले भने । उनले एमाले एमसिसीको पक्षमा भए पनि गठबन्धन सरकारको धारणा पर्खेर बसेको बताए । माग पूरा नहुँदासम्म एमालेले संसद संचालन हुन नदिने बताउँदै उनले गठबन्धन सरकारको धारणा आएमात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज