काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदै छन् ।
ओली बिहान ९ बजे नेपालगन्ज जाँदै छन् । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् ।
त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी सङ्गठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् ।
















































