Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वातावरण प्रदुषण र रोकथाम विषयमा प्रतियोगितात्मक प्रस्तुति कार्यक्रम

Author Avatar साझा न्यूज 29th November 2022 , 7:32 PM
वातावरण प्रदुषण र रोकथाम विषयमा प्रतियोगितात्मक प्रस्तुति कार्यक्रम

साझा न्यूज । तौलिहवा
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले १८ औँ विश्वविद्यालय दिवसको अवसरमा वातावरण प्रदुषण र यसको रोकथाम विषयमा प्रतियोगितात्मक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ । प्रतियोगितामा स्नातक तह अध्ययनरत तीनै वटा कार्यक्रमका गरी ७ जना प्रतियोगीको सहभागिता रहेको थियो । प्रतियोगितामा वि.टि.टि.एम. पाचौँ सेमेष्टरकी रोशनी क्षेत्री प्रथम, सोही सेमेष्टरकै प्रदीप गिरी द्वितीय र बि.टि.टि.एम.कार्यक्रमकै सातौँ सेमेष्टरकी मोनिका कंडेलले तृतीय स्थान हासिल गरेकी छन् ।
प्रतियोगिहरुले वातावरण प्रदुषणका कारण मानव, मानव समुदाय तथा विश्व जगतमा पर्न गएको असरलाई उजागर गरेको छ । साथै लुम्बिनीमा देखिएका प्रदुषण, फोहरमैला बढ्नुका कारण, प्रदुषणका कारण स्वास्थ्य, पर्यटन, स्थानीय दैनिक जीवनमा परेको नकारात्मक असर र यसलाई नियन्त्रण तथा रोकथाम गर्न चेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने विषयलाई जोड दिएका थियो ।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति ह्रदयरत्न बज्राचार्यले फोहरमैला तथा प्रदुषण रोकथाममा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरुको अभ्यास अनि व्यवहारबाट अरुभन्दा सहजै पहिचान गर्न सकिने हुनुपर्ने साथै कुनै पनि ज्ञानलाई व्यवहारमा अवलम्बन नगरेसम्म पूर्णता नहुने बताउनुभयो ।
अतिथि बौद्ध अध्ययन संकायका डिन डा.माणिकरत्न शाक्यले बौद्ध दर्शनको परसमता भावलाई अवलम्बन गरेमा वातावरण प्रदुषण पनि नियन्त्रण गर्न सहयोग पुग्ने र मानव लगायत सर्वसत्व प्राणीकै लागि लाभदायी हुने बताउनुभयो । सो कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्रका डिन डा. हरिशरण चखुले वातावरण, प्रदुषण सम्बन्धि अवलम्बन गरिएका नीति नियमबारे बताउनुभयो । अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशकज्यूले विद्यार्थीहरुले कुनै स्रोतबाट उद्रित गरेका कुनै पनि तथ्यांकहरुमा मौलिक लेखकलाई क्रेडिट दिनुपर्ने र अध्ययनहरु तथ्यमा आधारित हुनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा प्रतियोगिता सम्बन्धि नियमहरु उपप्राध्यापक डा. कुमार खड्काले जानकारी गराउनुभएको थियो । उक्त प्रतियोगितामा बि.टि.टि.एम. कार्यक्रमा संयोजक अन्जु खनाल, शिक्षक श्री शंकर गौतम साथै श्री सञ्जय पासीले निर्णायकको भूमिका निभाउनुभएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रीय क्याम्पसका उपप्राध्यापक आचार्य दयानीधिले गर्नुभएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख नीर बहादुर गुरुङले क्याम्पसले समय समयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु आयोजना गर्दै आएको र त्यस्ता कार्यक्रम मार्फत विद्यार्थीको प्रतिभालाई उजागर गर्दै थप उत्साहित गर्ने बताउनुभयो । भविष्यमा पनि यस्ता कार्यक्रमहरुमा धेरैभन्दा धेरै विद्यार्थीहरुले सहभागि हुनको लागि अनुरोध गर्नुभयो । क्याम्पस प्रमुख गुरुङले यस कार्यक्रममा प्रस्तुत गरिएका प्रस्तुतिहरु लाई अनुसन्धान लेखको रुपमा तयार गरी प्रकाशन गरिने बताउनुभयो । उक्त कार्यक्रम समाप्त भएपछि विश्वविद्यालय परिसरको सरसफाइ कार्यक्रम पनि क्याम्पसको आयोजनामा सम्पन्न भयो ।
कार्यक्रममा अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक डा. सञ्जीव हुमागाई, बि.टि.टि.एम. कार्यक्रमका संयोजक अन्जु खनाल, भोट बौद्ध अध्ययनका संयोजक डा. ङिमा शेर्पा, पुरातत्व तथा बौद्ध पुरातात्विक क्षेत्र कार्यक्रमका संयोजक गुणाखर गैरे लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज