Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पालिका प्रमुख अब सांसद

Author Avatar साझा न्यूज 4th December 2022 , 8:18 AM
पालिका प्रमुख अब सांसद

काठमाडौँ, मङ्सिर १८ गते । स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा स्थानीय सरकार प्रमुख भइसक्नुभएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बाँके निर्वाचन क्षेत्र नं. २ बाट, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ बाट, काठमाडौँको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे काठमाडौँ निर्वाचन नं. ३ बाट र इलामको इलाम नगरपालिका प्रमुख महेश बस्नेत इलाम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

प्रदेश सभामा स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दास स्याङ्जा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क), रुकुमपश्चिम जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा रुकुमपश्चिम निर्वाचन क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ (क), ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ललितपुर २ (क) र मोरङको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली मोरङ ४ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

त्यस्तै कास्कीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं. १ (क)बाट, स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेल स्याङ्जा १ (ख)बाट र इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राई इलाम १ (क)बाट प्रदेश सभामा निर्वाचित भएको जिल्ला समन्वय समिति महासङ्घ नेपाल, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जानकारी दिएको छ। स्थानीय तहमा बसेर काम गरेका व्यक्ति जनतासँग नजिकमा रहेर काम गर्ने भएकाले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको र त्यसलाई मतदाताले अनुमोदन गरेको निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूले दाबी गरेका छन्।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका पूर्वनगर प्रमुख हाल काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सन्तोष चालिसेले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको र त्यसलाई मतदाताले अनुमोदन गरी निर्वाचित गराएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय तह भनेकै जनताको सुख–दुःखमा साथ दिने सरकार हो। स्थानीय तहमा राम्रो काम गर्ने कुनै पनि जनप्रतिनिधिले कुनै पनि निर्वाचनमा पराजय भोग्नुपर्दैन। त्यसका लागि म उदाहरण हुँ।”

उहाँले पाँच वर्षसम्म आफूले नगरपालिकाको प्रमुख भएर काम गर्दा जनताको पीरमर्का, गुनासो, समस्या राम्रोसँग बुझ्ने अवसर पाएको बताउनुभयो। गत पाँच वर्षमा नगरपालिकामा भौतिक विकास निर्माणको काम नागरिकले अपेक्षा गरेभन्दा धेरै भएकाले पनि आफूलाई विश्वास गरेर जनताले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएको उहाँले दाबी गर्नुभयो। स्थानीय शासनविज्ञ एवं पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीले पाँच वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि भई काम गरेका व्यक्ति प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु सबैका लागि राम्रो सन्देश गएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहमा जनप्रतिनिधि भइसकेका व्यक्ति स्थानीय आवश्यकता र महत्त्व बुझेको हुने भएकाले संसद्मा पुगेपछि सोहीअनुसार नीति, नियम बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।” स्थानीय तहमा काम गरेका जनप्रतिनिधि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु सङ्घीयताको मर्मअनुरूप नै भएको उहाँले स्पष्ट गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज