Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रीमानले दिएकाे शारिरीक र मानसिक यातनापछि श्यामकलाले आत्महत्या गरेको परिवारको आरोप

Author Avatar साझा न्यूज 8th December 2022 , 7:26 PM
श्रीमानले दिएकाे शारिरीक र मानसिक यातनापछि श्यामकलाले आत्महत्या गरेको परिवारको आरोप

महिला हिंसा विरुद्ध १६ दिने अभियान चलीरहेकै बेला कपिलवस्तुमा प्रहरी बरिष्ठ हवल्दार नवराज भुसालको शारिरीक र मानसिक यातना सहन नसके पछि उनकी श्रीमती श्यामकलाले आत्महत्या गरेकाे आरोप परिवारले लगाएका छन्। श्यामकलाले गत मंसिर २० गते साझ साढे ५ बजेतिर बुद्धभुमी नगरपालिका वडा नम्बर १ पत्थरकोट स्थित आफनै घरमा पासो लगाई आत्महत्या गरेकी हुन्।

मृतककी आमा बुद्धुभुमी नगरपालिका– ३ रनगाईकी माया बेल्बासेले कान्छी आमा सिताको  उक्साहटमा ज्वाई नवराजले बारम्बार शारिरीक र मानसिक याताना दिने गरकोले आफनो छोरीले बाध्य भई आत्महत्या गरेको बताइन्। घटनाको आधा घन्टा पहिले छोरीले आफूसंग भिडियो कल समेत गरेका बुवा रोमाकान्त बेल्बासले बताए। ‘छोरीले यस्तो गर्छिन जस्तो लागको थिएन तर श्रीमान र उनको परिवारको यातनाले छोरी मर्न बाध्य भई’ उनले भने।

पहिले पनि गत असार ९ गते श्यामकलाले आत्महत्याको प्रयास गरेकी थिइन्। समय मै उद्धार गरी उपचार पछि उनको ज्यान जागिएको थियो। ‘ज्वाई र उनको परिवारले छोरीको ज्यान लिएरै छाडे’ मायाले भनिन। २०६७ साल असार ५ गते नवराज र श्यामकलाको विवाह भएको थियो। २०७० सालमा छोरा जम्मिएको थियो। विवाहको ५ वर्ष सम्म दुबै जनाको सम्बन्ध राम्रै थियो। तर ४ वर्ष यता भने नवराजको परस्त्रीसंगको सम्बन्ध बारे श्यामकलालले थाहा पाए पछि दुबै जनाको सम्बन्धमा फाटो आएको थियो। परस्त्रीसंगको फोन कल लगायतका कुरा थाहा पाए पछि श्याकला बिक्षिप्त बनिन। नवराजले आफनी श्रीमतीलाई वास्ता गर्न छाडे। ६ ÷६ महिना भन्दा बढी सयमदेखि सम्पर्कबिहीन समेत भए। छोरा जन्मेको केही वर्ष पछि छोरीको पेटमा रहेको अर्को गर्भ समेत ज्वाई कै दबाबमा फालिएको आमा मायाले बताइन्। ‘परस्त्रीसंगको सम्बन्ध, निरन्तरको यातना र मानसिक तनावले गर्दा छोरीले अनाहकमा ज्यान गुमाउनु पर्यो’ मायाले आशु झार्दै भनिन्।

श्रीमानको यातना र बेवास्ताले गर्दा आफनी छोरी मानसिक रोगी भएको र बिगत २ वर्षदेखि डिपे्रशने ओषधी समेत सेवन गर्दै आएको उनले बताइन्। गत असार १ गते छोरीलाई निर्घात कुटपीट गरको थिए। त्यस विषयमा घर र माईती पक्षबिच अब देखि कुटपटि नगर्ने र एक आपसमा माया गर्ने भनी गाउ समाज कै रोहोवरमा मिलापत्र भएको थियो। गत बैशाखमा नवराजका पिता सुर्य भुसालले कान्छी श्रीमतीका रुपमा सितालाई बिवाह गरे पछि यातानको क्रम झन बढेको मायाले बताइन्। छोरीले आत्महत्या गर्न खाजेको र अझै सास चलेको भन्दै घटना बारे सुर्य भुसाले आफूलाई जानकारी गराएको रोमाकान्तले बताए।

उपचारका लागि कपिलवस्तु लैजादा डाक्टरले मृत घोषणा गरेका थियो। घरको दोश्रो तल्लामा पासो लाई छोरीले आत्महत्या गरेको र ढोका फोरेर सुर्य भुसालले पासो काटेर झोरेको आफूलाई भनेको रोमाकान्तले बताए। तर अहिले फेरी सुर्यले प्रहरीले ढोका फोरेर पासो काटी झारेको भन्ने गरेको उनले बताए। ‘सम्बन्धीत सुर्यले कुरै पिच्छे बोली फेरीरहेका छन’ उनले भने।

आत्महत्याको दुरुत्साहन मुद्दामा मृतककी आमा मायाले नवराज र कान्छी आमा सिता विरुद्ध किटानी जाहेरी दिएकी छिन्। तर प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको उनले बताइन्। उता ओरापी नवराजले बिगतमा आफूबाट केही कमी कमजोरी भएको हुन सक्ने भन्दै तर अहिले भने आफूले कुनै यातना नदिएको बताए। ‘बिगतमा हामी सबैले गरेका केही कमजोरी र गल्तीहरु नगर्न भनी संझौता समेत गरेको थिायौ’ उनले भने। श्रीमती श्यामकला आफूसंग बस्न खोजे पनि पढाई र डियुटीका कारण संग लैजान नसकेको बताए। उनले आफूले ५ महिना पछि पढाई सकिए पछि लाने तयारी गरेको बताए। उनले आफनो घटनामा कुनै दोष नरहेको भन्दै कानुन अनुसारको सजाय भोग्न तयार रहको बताए।

जोहरी दर्ता नभएसम्म शव नबुझने अडानका कारण अहिलेसम्म मृतकको शव कपिलवस्तु अस्पतालमै छ। प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले माया बेल्बासेले नवराजविरुद्ध किटानी जाहेरीकालागि आएको बताए। उनले दुबै पक्षसंग सरसल्लाह गरिएको बताए। घटना बारे बुझेर प्रकृया अघि बढाउने उनले बताए। नवराज रुपन्देहीको रुद्रपरको प्रतापपुरमा कार्यरत छन्। उनको सरुवा काठमाडौं भएको छ। उनी रवाना लिई काठमाडौं जाने तयारी गरेका बेला घटना भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज