Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लाओसलाई हराउने दाबी खेलकुद, फुटबल

Author Avatar साझा न्यूज 21st March 2023 , 4:44 PM
लाओसलाई हराउने दाबी  खेलकुद, फुटबल

काठमाडौं, चैत ७ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी गर्नुभएको छ ।

प्रतियोगिता अघि मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा मुख्य प्रशिक्षक एनेसले थ्री नेसन्स कपका लागि उत्कृष्ट खेलाडी छनोट गरेको पनि बताउनुभयो ।

‘‘टोलीमा उत्कृष्ट खेलाडी समावेश गरेका छौँ । तयारी छोटो भएपनि युवा खेलाडीको प्रदर्शन राम्रो हुने ठानेको छु । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राम्रो खेलिरहेका खेलाडी समेटिएको छ । विपक्षी टोलीको अवस्थाबारे राम्रो जानकारी राखेको छु । हाम्रो लक्ष्य उत्कृष्ट खेल्दै पक्षमा नतिजा निकाल्नु हुनेछ,’’ एनेसले भन्नुभयो ।

दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । प्रशिक्षक एनेसले मंगलबार बिहान मात्र २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि सबै खेलाडीको मनोबल उच्च रहेको बताउनुभयो । ‘‘घरेलु मैदानमा खेल्न पाउनु खुसीको कुरा हो । सबैले मिहेनत गरेर राम्रो खेल्नेछौँ । हामी सबै लाओसविरुद्ध जित निकाल्न तयार छौँ,’’ किरणले भन्नुभयो ।

यस्तै लाओसका मुख्य प्रशिक्षक माइकल वेसले पनि टोलीका युवा खेलाडीको वर्चस्व रहेकोले उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । ‘‘हामी राम्रो नजिताका लागि खेल्नेछौँ । घरेलु टोलीसँग खेल्न दबाब हुन्छ । तरपनि हामीले राम्रो टिम बनाई रहेका छौँ,’’ वेसले भन्नुभयो ।

लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले पहिलो पटक नेपाल आउन पाएकोमा खुसी व्यक्त गर्दै मैदानमा राम्रो खेल्ने बताउनुभयो । ‘‘हामी नेपालमा खेल्न पाउँदा खुसी छौँ । नेपालमा लाओसको फुटबल कला देखाउन आतुर छौँ,’’ सौकाफोनले भन्नुभयो ।

नेपालले लाआससँग सन् २०१६ पछि पहिलो पटक खेल्न लागेको हो । यसअघि दुई टोली एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा भिडेका थिए ।त्यतिवेला निर्धारित समयको खेल २-२ गोलको बराबरीपछि टाइब्रेकरमा नेपाल विजयी भएको थियो ।

चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू सिङ्गल राउन्ड रोबिन लिगको आधारमा हुनेछ । लिगकोशीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । प्रतियोगितामा चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।

नेपाली टोली

गोलरक्षक : किरण कुमार लिम्बू, दीप कार्की र अभिषेक बराल

रक्षक : सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास

स्ट्राइकर : आयुष घलान, नवयुग श्रेष्ठ,  दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष् चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज