Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हुरीबतासको सम्झना

Author Avatar साझा न्यूज 2nd April 2023 , 10:53 AM
हुरीबतासको सम्झना

चैत मासको सुक्खा खडेरी परेको थियो । जताततै धुलो उडिरहेको थियो । विद्यालयको वार्षिक परीक्षा सकिएपछि बिदाको समय बिताउन म गाउँ गएको थिएँ । तराईका फाँटमा आँपका बोटहरू हाँगा–हाँगा लच्काएर फुलेका थिए । एक दिन साँझको लगभग ५ बजेको समय थियो । ठूलो हुरीबतास आउँछ कि भन्दै डर लाग्न थालेको थियो ।

हाम्रो आँगनमा सुकाएको बिस्कुन र हाम्रो चप्पलहरू हुरीले उडाइदिन्छ कि भनेर भाइले सबैजनाको चप्पल, बिस्कुन घरभित्र राख्यो । केहीबेरमै हुरी चल्न थाल्यो । हुरी कसरी चल्छ भनेर म र भाइले हेरिरहेका थियौँ । आँखामा धुलो पसेर बिझाउन थाल्यो तैपनि म र भाइले हेरिरहेका थियौँ । हेर्दाहेर्दै फुलेका आँपका ठूल्ठूला हाँगाहरू पनि हुरीले भाँचिए । त्यहीबेला ठूलो असिनापानी पर्न थाल्यो । आँगनको एक छेउमा मेवाको बोट थियो । बोटमा मेवाको ठूल्ठूलो दाना फलेको थियो । त्यही मेवाको रुखको चेपमा एउटा मैना चरी आफ्नो ज्यान बचाउन ओत लागेर बसेको थियो । ठूलो असिनापानी परेकाले मेवाको पातहरूमा असिनाले लागेर टुक्रिँदै एक–एक गर्दै सबै झ¥यो । मेवाको बोटको पातहरू सबै झर्दै गएपछि त्यही बसेको मैना चरी निकै आत्तिएको जस्तो देखिन्थ्यो तर दैवले साँचेर होला त्यसदिन मैनालाई असिनाले लागेन । चलिरहेको हुरीबतास र असिनापानी झन्डै एक घन्टापछि बल्ल रोकियो । बाक्लो असिना परेपछि आँगन र खेतबारीमा हिँउ परेजस्तै सेताम्मे देखिन्थ्यो । खाली खुट्टा बाहिर निस्किँदा एकदमै चिसो थियो ।

आकाशमा बिजुली चम्किरहेकै थियो तैपनि हामी आमासँग बारीतिर निस्क्यौँ । बारीमा रोपेको लसुन, प्याज असिनाले चुटेर ढुटो भइसकेको थियो । आँपको हाँगा भाँचिएर भुइँमा पछारिएको थियो । भाँचिएको हाँगा उठाउन जाँदा हामीले त्यहाँ एउटा चरी रोइरहेको देख्यौँ । आमाले भाँचिएको हाँगा उठाएर छेउमा राख्नुभयो । गुँड भएकै हाँगा भाँचिएपछि हाँगासँगै गुँड र बचेराहरू त्यहीँ पछारिए । आमा चरीले भने उडेर आफ्नो ज्यान बचाएकी थिइन् । गुँडमा पखेटा नपलाएका बचेराहरू थिए । बचेराहरु पछारिए पनि आमा चरीले आफ्नो पखेटाले छोपेर बचेराहरूलाई बचाउने प्रयास गरिन् तर धेरै बेरसम्म परेको बाक्लो असिनाले चुटेर दैवले बचेराहरूको ज्यानै लियो । आमा चरीको पखेटा भने भिजेका र चोट लागेका थिए । घाइते आमा चरी मरिसकेका बचेराहरूको छेउमा बसी शोकमग्न भई रोइरहेकी थिइन् । चारो खोज्न गएको भाले चरो त्यही बेला आई पुग्यो । बचेराहरूको अवस्था देखेर रोइरहेकी आमा चरीलाई भाले चराले शान्त्वना दिन थाल्यो । चरीको यस्तो दुःखद दृश्य म, भाइ र आमाले देख्यौँ । हामी त्यस चरीका लागि केही उपाय लगाउन सकेनौँ । त्यस दृश्यबाट हरेक प्राणीमा आमाले बच्चाप्रति गर्ने माया निःस्वार्थ हुन्छ र आफू मरेर पनि आफ्नो सन्तानलाई बचाउन लागेका हुन्छन् भन्ने कुरा मैले बुझेँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज