जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीले आज (आइतबार)पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरवारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यसअघि समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद शहनाज रहमानको निधन भएपछि एक पद रिक्त भएको थियो । जसपाले गत चैत २ मा रिक्त भएको प्रतिनिधिसभा सदस्य पदमा अन्सारीको नाम सिफारिस गरेको थियो । अन्सारी सप्तरीकी नेता हुन् । बन्द सूचीमा उनको नाम मुस्लिम महिला क्लस्टरतर्फ दोस्रो नम्बरमा रहेको थियो ।