Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पर्यटकीय क्षेत्रको विकास प्राथमिकतामा : मुख्यमन्त्री चौधरी

Author Avatar साझा न्यूज 10th May 2023 , 6:25 PM
पर्यटकीय क्षेत्रको विकास प्राथमिकतामा : मुख्यमन्त्री चौधरी

बाँके, बैशाख २७ गते । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटकीय क्षेत्रको विकास र बिस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बार्षिक बजेट र नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र गाभरको बुधबार स्थलगत अनूगमन तथा निरीक्षणका क्रममा मुख्यमन्त्री चौधरीले भन्नुभयो, “प्रदेश सरकारले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिने भएकाले त्यसका लागि आवश्यक योजना बनाएर अघि बढिनेछ ।”

प्रतिनिधीसभा सांसद समेत रहनुभएका नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसहित पुग्नुभएका मुख्यमन्त्री चौधरीले प्रदेश योजना आयोग तथा प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखलाई गाभर उपत्यकामा थप लगानी गरी यसलाई प्रदेशकै प्रमुख गन्तव्यको रुपमा अघि बढाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशको प्रवेशद्वारमा रहेको गाभरको पर्यटकीय विकासका लागि होमस्टेसँगै यस क्षेत्रमा वस्ती ब्यवस्थापन, सडक निर्माण तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि योजनावद्ध तयारी गर्न मातहत निकायलाई निर्देशन दिनुभयो ।

गाभरका पर्यटन ब्यवसायी कृष्ण चौधरीले मुख्यमन्त्री चौधरीले गाभरको पर्यटकीय विकासका लागि चासो दिदैं स्थलगत अनूगमन गरेपछि आगामी आवको बार्षिक बजेटमा गाभरबासीका माग सम्बोधन हुने बिश्वास ब्यक्त गर्नुभयो ।

स्थानीय बासिन्दाले लायन्स क्लवको सहकार्यमा सुरु गरेको पर्यटकीय गतिविधिमा प्रदेश सरकारले सहकार्य गर्नुपर्ने आफुहरुको माग रहेको उहाँको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गाभर पार्क, थारु परिकारसहितको होमस्टे र जङ्गल सफारीका लागि परिचित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा जुवा–तास नियन्त्रण गर्न सांसद अभिषेक प्रताप शाहको माग

कपिलवस्तुमा जुवा–तास नियन्त्रण गर्न सांसद अभिषेक प्रताप शाहको माग

कपिलबस्तुमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र

कपिलबस्तुमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

भर्खरै प्रकाशित

नाजिमा खानसहित दर्जनौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

नाजिमा खानसहित दर्जनौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

कपिलवस्तुमा जुवा–तास नियन्त्रण गर्न सांसद अभिषेक प्रताप शाहको माग

कपिलवस्तुमा जुवा–तास नियन्त्रण गर्न सांसद अभिषेक प्रताप शाहको माग

कपिलबस्तुमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र

कपिलबस्तुमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज