Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गीतकार बलबहादुर परियारको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल

Author Avatar साझा न्यूज 11th May 2023 , 10:31 AM
गीतकार बलबहादुर परियारको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल

काठमाडौँ, वैशाख २८ गते । वरिष्ठ गीतकार तथा पूर्व सैनिक बलबहादुर परियारको क्यान्सरको उपचार गर्न परिवारले आर्थिक सहयोगको गर्न अपिल गरेका छन् ।

ओखलढुङ्गामा जन्मनु भएका परियारको मलद्वारको क्यान्सरको उपचार गर्न उहाँकी श्रीमती विना परियारले आर्थिक सहयोगको अपिल गर्नुभएको हो । उहाँकी श्रीमती विना परिवारका अनुसार परियार भारतका राजिवगान्धी अस्पतालमा एक महिनादेखि मलद्वार क्यान्सरको उपचार गराउँदै आउनु भएको छ ।

जटिल खालको क्यान्सर भएकाले यसको उपचार खर्च जुटाउन गाह्रो भएको श्रीमती विना बताउनुहुन्छ । आफ्नो घर खेत बेच्दा पनि उपचार गर्न नपुग्ने भएपछि आर्थिक सहयोग गर्न अपिल गर्नुपरेको विनाको तर्क छ ।

हाल उपचार खर्च मंहगो भएकाले उपचार गर्दा गर्दै उपचार खर्च जुटाउन गाह्रो भएकाले आफन्तसँग पैसा सापटी गरेर उपचार खर्च जुटाउन बाध्ये भएको उहाँकी श्रीमती विनाको दाबी छ ।  “उहाँ निकै दयालु स्वभावका हुनुहुथ्यो । घर खर्च गर्न राखेको पैसा पनि अरूलाई दुख पर्दा हामीले भोलि खाउँला भनेर सहयोग गर्ने गरेको विना बताउनुहुन्छ । त्यस्तो मान्छेलाई पनि यस्तो घातक रोग लाग्दो रहेछ । अहिले आफैलाई उपचार गर्ने पैसा छैन ।” श्रीमानको हेरचार मा देवरको छोरासँग छोडेर आफू पैसाको जोहो गर्न नेपाल आएको उहाँको भनाई छ ।

आर्थिक सहयोग गर्ने इच्छुक महानुभावलाई आर्थिक सहयोग गर्न उहाँकी श्रीमतीले अपिल गर्नुभयो । बल बहादुर परियार ओखलढुङ्गा एभ्रेष्ट बैक खाता न. ००१००५१६२०३२४२ मा सहयोग गर्न आग्रह गर्नुभयो ।

पायल्सको उपचार गर्दा एक वर्ष बित्यो  

एक वर्ष अगाडी दिसा बस्न गाह्रो हुने, दिसामा रगत देखिने , छटपटी हुने जस्ता समस्या देखिएपछि उहाँ आयुर्वेदिक अस्पतालमा जानुभयो । चिकित्सकले पायल्स शङ्का गर्दै पायल्सको औषधि दिएर पठाएर । उहाँहरूले पनि चिकित्सकको सल्लाह अनुसार औषधि खानुभयो । समस्या घट्दै जानुको सट्टा समस्या झन् झन् बढ्दै गएपछि उहाँहरू काठमाडौँ उपत्यका विभिन्न अस्पतालमा उपचारको लागि धाउनुभयो । जुन अस्पतालमा गएपछि चिकित्सकले  पायल्स नै भएको भन्दै औषधि दिएर पठाएको विनाले जानकारी दिनुभयो । तर पनि परियारको समस्या घट्नुको साटो बढ्दै गयो ।

दिसामा कहिलेकाहीँ देखिने रगत दैनिक जस्तो देखिन थाल्यो । त्यसका अलावा वान्ता हुने, दिसा बस्दा दुखाई पनि बढ्दै गयो, छठपट्टि जस्ता लक्षण बढ्न थालेपछि पुन चिकित्सकलाई देखाउँदा क्यान्सरका आशंक गर्दै उक्त चिकित्सकले भक्तपुर क्यान्सर अस्पतालमा जान सिफारिस गरे । भक्तपुर क्यान्सर अस्पतालमा वायप्सी गर्दा मलद्वार को तेस्रो स्टेजको क्यान्सर पुष्टि भएको उहाँकी श्रीमती बताउनुहुन्छ ।

विभिन्न अस्पतालमा बसेर पायल्सको उपचार खर्च तीन लाखभन्दा बढी पैसा खर्च भएको उहाँकी श्रीमतीको दाबी छ । उहाँलाई मलद्वारमा ट्युमर पलाएपछि भक्तपुर क्यान्सर अस्पतालमा वायप्सी गर्दा क्यान्सर पुष्टि भएको श्रीमती विनाले जानकारी दिनुभयो ।

श्रीमती विनाका अनुसार उहाँलाई तेस्रो स्टेजको मलद्वार को क्यान्सर पुष्टि भएपछि चिकित्सकले जटिल खालको क्यान्सर भएकाले चिकित्सकले अन्य अस्पतालमा सिफारिस गरेको हो । विनाका अनुसार परियारको क्रमबद्ध रूपमा उपचार चलिरहेको छ । उहाँ भन्नुहुन्छ, “उहाँको क्रमबद्ध रूपमा उपचार चलिरहेको छ । रेडियो थेरापी दिइरहेको छ । अहिले किमो थेरापी १४- १४ दिनमा चलिरहेको छ ।”  चिकित्सकले उपचार गरेर निको हुन्छ भनेपछि अंश पलाएको उहाँ बताउनुहुन्छ ।

नेपाल सरकारले क्यान्सरका बिरामीलाई एक लाख बराबरको उपचार खर्चा प्रदान गर्दै आए पनि आफूलाई तर राहत कसरी लिने भन्ने कुरा थाहा नभएको उहाँ बताउनुहुन्छ । २०४१ सालबाट उहाँले आफ्नो सागितिक यात्रा सुरु गर्नुभएका उहाँले १५० भन्दा बढी गीत  रेकर्ड गराई सक्नुभएको छ । उहाँ पूर्व सैनिक पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज